ओमोडाको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्रसिंह ऐरी

२०८१ पुष १५, सोमबार १५:५१

काठमाडौं । ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ।

सोमबार एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ। ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन्।

एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो। शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो।

उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ। ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy