आरिफको कप्तानीमा पुलिसको टोली घोषणा

२०८१ पुष १९, शुक्रबार ११:३३

Aarif Sheikh

काठमाडौं । आरिफ शेखको कप्तानीमा जय ट्रफी पुरुष एलिट कप क्रिकेटका लागि विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो टोली घोषणा गरेको छ।

पुलिसले शुक्रवार शेखको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो।

नियमित कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने अन्तर्राष्ट्रिय लिग आईएल टी२० मा सहभागी हुन गएकाले पुलिसले आरिफलाई कप्तानीको जिम्मेवारी दिएको हो।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा  हुनेछ।
पुलिसले पहिलो दिन त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ। दोस्रो खेलमा मधेश प्रदेशसँग खेल्ने पुलिसले लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशको सामना गर्ने  छ।

नेपाल पुलिसको टोली

आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy