भक्तपुर क्रिकेट सेन्टर फाइनलमा

२०८१ फाल्गुन ८, बिहीबार १७:११

भक्तपुर क्रिकेट सेन्टर प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट प्रतियोगिताको फाइनल पुगेको छ।

बिहिबार मुलपानी मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनलमा भक्तपुर क्रिकेट सेन्टरले हिमालयन स्पोर्ट्स म्यानेजमेन्टलाई १५३ रनको विशाल अन्तरले पराजित गर्यो। दोश्रो सेमीफाइनल खेल भोलि शुक्रबार जनप्रेमी स्पोर्ट्स क्लब र भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन बीच हुनेछ। फाइनल खेल शनिवार हुनेछ।

भक्तपुर क्रिकेट सेन्टरले दिएको २४७ रनको लक्ष्य पछ्याएको हिमालय स्पोर्ट्स म्यानेजमेन्टले २४. १ ओभरमा ९३ रनमा सबै विकेट गुमायो।

क्रिकेट सेन्टरका बिनोद तामांगले ४ विकेट लिंदै हिमालयको ब्याटिंग धरासायी बनाए। तामांगले ६ ओभरमा १७ रन खर्चिए। आकाश गुप्त र निशान्त चौलागाईले समान २ विकेट लिए। हिमालयका गौरभ मणि पालले सर्वाधिक २० तथा सुमन हुमागाईंले १५ रन बनाए।

यस अघि पहिले ब्याटिंग गरेको भक्तपुर क्रिकेट सेन्टरले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २४६ रन बनायो।

सेन्टरको लागि प्लेयर अफ द म्याच समेत घोषित अभिषेक बस्नेतले ९१ रन बनाए जुन क्रममा उनले ७९ बलमा ११ चौका प्रहार गरे। सन्दिप कार्कीले ६२ रन बनाए। हिमालयका विश्वास श्रेष्ठले ४ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy