सौरभको शतकमा बिएमसीए फाइनलमा

२०८१ फाल्गुन ९, शुक्रबार २०:३०

भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन ( बिएमसीए ) प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट प्रतियोगिताको फाइनल पुगेको छ।

बिहिबार मुलपानी मैदानमा सम्पन्न प्रतियोगिताको दोश्रो सेमीफाइनलमा बिएमसीएले जनप्रेमी स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्यो। फाइनलमा शनिवार बिएमसीएले भक्तपुर क्रिकेट सेन्टरसंग प्रतिस्पर्धा गर्नेछ।

मुलपानी मैदानमा सम्पन्न दोश्रो सेमीफाइनलमा जनप्रेमी स्पोर्ट्स क्लबले दिएको १८३ रनको लक्ष्य बिएमसीएले मात्र २ विकेट गुमाएर २४. १ ओभरमै भेटायो।

बिएमसीएको लागि सौरभ साखाकर्मीले शतक बनाए। उनले ७६ बलमा १५ चौका र २ छक्का प्रहार गरे। गौरभ पौडेलले अविजित ५२ रन बनाए।

यस अघि पहिले ब्याटिंग गरेको जनप्रेमीले ४५. ३ ओभरमा १८२ रनमा सबै विकेट गुमाएको थियो। उसको लागि आकाश शाहले शतकीय इनिंग्स खेलेका थिए। उनले १३० बलमा ७ चौका र १ छक्का प्रहार गरे।

बिएमसीएको बलिंगमा सागर घिमिरे ( ३-२६ ) र मनिष श्रेष्ठ ( ३-३६ ) ले समान ३ विकेट लिए। संदेश कार्कीले २ विकेट लिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy