दीपेन्द्र धनगढीको ब्रान्ड एम्बासडर

२०८१ फाल्गुन १२, सोमबार १९:०५

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

टोलीले एनएसएलको तेस्रो संस्करणका लिग दीपेन्द्रलाई ब्रान्ड एम्बासडर बनाइएको जानकारी दियो। धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो।

धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो संस्करणमा ललितपुर सिटी एफसीसँग पराजित भएको थियो।

धनगढीले तेस्रो संस्करणका लागि मिडफिल्डर कृतिशरत्न छुन्जुलाई मार्की खेलाडी बनाएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy