इक्वालिटि कपको उपाधि मोरङलाई

२०८१ चैत्र २०, बिहीबार १९:३०

बिराटनगर / इक्वालिटि कप क्रिकेट प्रतियोगिताको चौंथो संस्करणको उपाधि मोरङले जितेको छ।

ग्रासरुट तथा महिला सहभागिता अभिबृद्धिको लागि नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको प्रतियोगिताको फाइनलमा मोरङले सप्तरीलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो।

विराटनगर-६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा विहिबार सम्पन्न फाइनलमा मोरङ ८ विकेटले विजयी भयो।

८२ रनको सामान्य लक्ष्य पाएको मोरङले मात्र ११. १ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटायो।

मोरङको ब्याटिंगमा ओपनर सानु राजवंशीले सर्वाधिक ४० रन योगदान दिईन्। अविजित रहँदै राजवंशीले ३९ बलमा ५ चौका प्रहार गरिन्। टिका शाहले १५, सिर्जना राजवंशीले अविजित ६ तथा क्रितिसा धामीले ४ रन बनाईन्। सप्तरीको बलिंगमा साक्षी यादव र अपेक्ष्या यादवले १/१ विकेट हात पारिन्।

यस अघि टस हारेर ब्याटिंग गरेको सप्तरीले २० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनायो। उसको लागि कप्तान साक्षी यादवले सर्वाधिक २८ तथा दिपा रामले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मोरङको बलिंगतर्फ प्लेयर अफ द फाइनल समेत घोषित क्रितिसा दासीले सर्वाधिक ५ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै ९ रन मात्र खर्चिन्। बन्धना राजवंशीले ३ विकेट लिईन्।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी सिरहाकी सरस्वति चौधरी घोषित भईन्। यस्तै उत्कृस्ट ब्याटर सप्तरीकी साक्षी यादव, उत्कृस्ट बलर मोरङकी क्रितिशा धामी, उत्कृस्ट विकेटकिपर मोरङकी प्रिन्शा राना घोषित भईन्।

४ दिन चलेको प्रतीयोगीतामा सप्तरी, मोरङ, इलाम र सिरहाको सहभागिता रहेको थियो।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता मेरीलेबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विदाउट बाउन्ड्रीजको सहयोग रहेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy