बिदुर मेयर कपको सेमीफाइनल समीकरण पुरा

२०८२ असार ५, बिहीबार २०:५८

नुवाकोटमा जारि प्रथम बिदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको छ। वडा नम्बर-७, ४, १ र ३ सेमीफाइनल प्रवेश गरेका छन्।

शुक्रबार हुने पहिलो सेमीफाइनलमा वडा नम्बर ७ र वडा नम्बर ४ तथा दोश्रो सेमीफाइनलमा वडा नम्बर-१ र वडा नम्बर-३ प्रतिस्पर्धा गर्ने छन्।

बिहिबार सम्पन्न तेश्रो क्वार्टरफाइनलमा वडा नम्बर-४ ले वडा नम्बर-२ लाई ४२ रनले पराजित गर्यो। १४० रनको लक्ष्य पछ्याएको वडा नम्बर २ले ९७ रन मात्र बनाउन सक्यो। वडा नम्बर-४ को लागि संजित तिवारीले ५८ रन बनाए भने बलिंगमा संगीत रंजित र किशोर अर्यालले समान ३ तथा बिकाश लामिछानेले २ विकेट लिए।

यस्तै आजै सम्पन्न चौंथो क्वार्टरफाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-५ लाई ६ विकेटले पराजित गर्यो। ९४ रनको लक्ष्य पाएको वडा नम्बर-३ ले ११ ओभरमै लक्ष्य पुरा गर्यो। जितमा वडा नम्बर-३ का दिनेश सुबेदीले ४४ तथा राजेश रिमालले ३२ रन बनाए भने बलिंग तर्फ मन्जित थपलियाले ४ तथा दिनेश सुबेदी र निरञ्जन थापाले २/२ विकेट लिए।

बुधबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा वडा नम्बर ७ ले वडा नम्बर १२ लाई तथा वडा नम्बर-१ ले वडा नम्बर ६ लाई पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy