काठमाडौं । विश्वकप लिग टु अन्तर्गत युएईमा आजबाट सुरु त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकाबाट जितका लागि २ सय ६३ रनको लक्ष्य पाएको छ ।
युएईको दुबईमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि अमेरिकाले ब्याटिङको निम्तो पाएको थियो । अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रनको योगफल तयार गरेको थियो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले १ सय बलमा ९ चौकाको सहयोगमा सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले । तेस्रो विकेटका लागि पटेलले साइतेजा मुककामुल्लासँग ९५ रनको साझेदारी गरे । मुककामल्ला ५८ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ मा आउट भए ।
मिलान्ड कुमार बलमा चौका र छक्काको सहयोगमा रन बनाउँदै पेभिलियन फर्किए । शुभम रञ्जने १९, शायन जाहाँगिर र आन्द्रेस गौसले समान ११, कप्तान मोनांक पटेल १० रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान १ विकेट लिए ।
