अत्तरीया र रुपन्देहीको विजयी सुरुवात

Shakti Gauchan
  • विकेटनेपाल, धनगढी, चैत २८

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सोमवार भएका खेलमा सीवाईसी अत्तरिया र रुपन्देही च्यारेन्जर्सले जित हासिल गरेका छन । अत्तरीयाले काठमाण्डौ गोल्डेन्सलाई र रुपन्देहीले कञ्चनपुर आईकोनिकलाई हराउदै लिगमा विजयी सुरुवात गरेका हुन्।

धनगढी प्रिमियर लिगको सोमवार भएको पहिलो खेलमा गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता भएको सिवाईसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो ।

सुरुवातमा विकेट गुमाएर दवाव परेको अत्तरीयाका लागि योगेन्द्र कार्कीले सिंह कार्कीले ५७ रनको अर्ध शतकीय पारी खेल । त्यस्तै ज्ञानेन्द्र कुवरले नटआउट ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाए । काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै मन्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले १÷१ विकेट लिए ।

एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु वाहेक अरुले दोहोरो अंकमा रन वनाउन सकेनन् । जितका लागि सिवाइसी अत्तरीयाका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिए । अत्तरीयाका अविनाश बोहरा वेल्स क्याफे म्या अफ द म्याच हुदै नगद १० हजार हात पारे । सिवाइसी अत्तरीया ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् ।

धनगढी प्रिमियर लिग डिपिएल अन्तर्गत सोमवार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्र्जसले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४५ रन वनायो । रुपन्देहीको तर्फवाट हरिशंकर साहले सर्वाधिक ३३ रन बनाए । यसैगरी शंकर रानाले १९ प्रकाश केसीले २६ शक्ति गौचनले १६ रन र विक्रम सोवले १५ रन बनाए । कञ्चनपुर आईकोनिकको तर्फबाट कुशल भुर्तेलले ४ विकेट लिए । यस्तै अविनाश कर्णले २ विकेट लिए । सुनिल धमलाले एक विकेट हात पारे ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट जादा १ सय ३१ रन मात्र बनाउन सक्यो । कञ्चनपुरका सागर पुनले ३९ रन, सुनिल धमलाले २८ रन, कुशल भुर्तेलले २७ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । रुपन्देहीका साहव आलम र कृष्ण कार्कीले तीन÷तीन, शक्ती गौचनले दुई र दिपेश श्रेष्ठले एक विकेट लिए ।

डिसिएल अन्तर्गत मंगलवार हुने पहिलो खेलमा टीम धनगढी र विराटनगर किङस्, तथा दोस्रो खेलमा कञ्चनपुर आईकोनिक र काठमाण्डौ गोल्डेन्स वचिमा हुने आयोजकले जनाएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् । ६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिम सहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् ।

सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।
खेल हेर्न ३०, ५०, ८० र एक सय रुपैयँको टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि तीन हजार दर्शक अटाउने गरी अस्थायी प्याराफिट सहितको रंगशाला बनाइएको छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]