नेपाल क्रिकेट संघको महत्वपूर्ण निर्णय, प्रदेशका खेलाडीलाई समेत पारिश्रमिक

नेपाल क्रिकेट संघ ( क्यान ) को केन्द्रीय कार्यसमितिको बिहिबार बसेको कार्यसमितिको बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ।

१. प्रदेश स्तरीय खेलाडीको पारिश्रमिक: क्यानले ७ वटै प्रदेश क्रिकेट संघहरुलाई २ जना महिला र ३ जना पुरुष गरी प्रति प्रदेश ५ जना खेलाडीहरुलाई यहि सेप्टेम्बर १ देखि लागु हुने गरी १ वर्षसम्म जनही मासिक रु. १५ हजार का दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ। यसका लागि ३५ जना खेलाडीहरुको पारिश्रमिक वापतको बजेट रकम प्रदेशहरुमा निकासा गरी सम्वन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। प्रदेशका खेलाडीहरुलाई प्रदेशबाटै खेल्न प्रोत्साहित गर्न संघको निर्णयले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

२. प्रोत्साहन भत्ता: हालै वेष्ट ईण्डिज र अमेरिकामा सम्पन्न टि-ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु र मुख्य प्रशिक्षकलाई जनही रु. ३ लाखका दरले तथा अन्य सपोर्ट स्टाफहरुलाई जनही रु. १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिएको छ।

३. नेपाल प्रिमियर लिग (NPL): आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१, २०२४ सम्म काठमाण्डौमा आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (NPL) मा ८ फ्रेन्चाईज टीमहरुको सहभागिता रहने निर्णय गरिएको छ। यस भन्दा अघि नेपालमा आयोजित फ़्रेन्चाइज् लिगहरुमा ६ टिमको सहभागिता रहने गरको थियो।

४. यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता: यहि सेप्टेम्बर/ अक्टोबरमा कोशी प्रदेशमा यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ। प्रतियोगिताको मिति छिट्टै सार्वजनिक गरिनेछ।

५. इलाइट कप ( Elite Cup ) क्रिकेट प्रतियोगिता: संघको वार्षिक कार्यक्रम अनुसार संचालन गरिने बहुदिवसीय Elite Cup क्रिकेट प्रतियोगिता अक्टोवर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र विरगंजमा आयोजना गर्ने निर्णय गरिएको छ।

६. महिला विश्वकप एशिया क्वालिफायरको तयारी: आईसीसी अन्डर-१९ महिला विश्वकप एशिया क्वालिफायरको तयारी स्वरुप यहि सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण संचालन गर्ने निर्णय गरिएको छ।

७. राष्ट्रिय छनौट समिती गठन: संघले आह्वान गरेको सुचना बमोजिम संघमा प्राप्त आवेदनहरु मध्येबाट राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान श्री लेख बहादुर क्षेत्रीको संयोजकत्वमा अर्का पूर्व राष्ट्रिय क्रिकेटर युनिल श्रेष्ठ र श्री मुर्तुजा हवारी सदस्य रहने गरी ३ सदस्यीय राष्ट्रिय छनौट समिती गठन गर्ने निर्णय गरिएको छ। यस अघि छनोट समितिको संयोजकमा दिपेन्द्र चौधरी थिए।

८. वार्षिक साधारणसभा: नेपाल क्रिकेट संघको वार्षिक साधारणसभा यहि २०८१ साल असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरिएको छ।

९. आदील अन्सारी म्याच फिक्सिङ मामला: म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृया बारे संघको अनुशासन समितीबाट प्राप्त प्रतिवेदनका सम्वन्धमा छलफल हुँदा उक्त प्रतिवेदन एवंम आवश्यक कागजातहरु CAN Integrity Committee का संयोजक मार्फत ICC Anti-Corruption Unit मा पेश गरी ICC बाट प्राप्त निर्देशन अनुसार संघबाट निर्णय गर्ने सहमती गरिएको छ।

 





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]