सन्नी पटेलको स्पिनमा नाच्यो ज्ञानेन्द्र मल्लको काठमाण्डौ, चितवन फाइनल प्रवेश : पिपिएल टि-२०

Chitwan Rhinos
  • विकेटनेपाल-१८ कार्तिक, आइतवार (पोखरा)

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ। चितवनले उपाधिका लागि पोखरा पल्टनको सामना गर्नेछ। राउण्ड रोबिन लिगबाट पोखरा अंक तालिकाको शिर्ष स्थानमा रहँदै सोझै फाइनल प्रवेश गरेको थियो।

फाइनलसम्मको यात्रा तय गर्ने क्रममा चितवनले काठमाण्डौले दिएको ९५ रनको लक्ष्या १८.२ ओभरमा ४ विकेट गुमाउंदै पुरा गर्यो। काठमाण्डौलाई ६ विकेटले हराउन चितवनका स्मित पटेलले ३८ रन बनाए।

सुरुवातामा लगातार विकेट गुमाएपछि सम्हालिएर ब्याटिंग गर्ने क्रममा स्मितले ४३ बलको सामना गर्दै ३ चौका सहित ३८ रन जोडे। यस्तै आरिफ शेखले अविजित २० रनको योगदान गर्दा ३२ बलमा १ चौका प्रहार गरे।

Smeet Patel
Smeet Patel

यसअघि चितवनका हरि शंकर शाह २६, अनिल कुमार साह १ र पारस खड्का २ रन बनाएर आउट भएका थिए।

काठमाण्डौको बलिङ्गमा सुशान भारीले सर्वाधिक ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्। आफ्नो ४ ओभरको स्पेलमा भारीले १८ रन खर्चिएर अनिल, पारस र स्मितलाई पभेलियन फर्काए।

यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा आइतवार बिहान टस जितेर ब्याटिंगमा उत्रिएको काठमाण्डौले १९.३ ओभरमा ९४ रन जोड्दा सबै विकेट गुमाएको थियो। सन्नी पटेल, भुबन कार्की र स्मित पटेलको सानदार बलिङ्ग अगाडी काठमाण्डौका ब्याट्समेनहरुको सिप चल्न सकेन।

काठमाण्डौको इनिंगलाई तहस नहस पार्ने क्रममा सन्नी पटेलले आफ्नो व्यक्तिगत पहिलो तथा इनिंगको दोस्रो ओभरमा नै तिन विकेट चट्काएका थिए। सन्नीको सो ओभरमा काठमाण्डौले अमित श्रेष्ठ, पवन सर्राफ र गौरभ तोमरलाई गुमाएको थियो।

त्यसपश्चात इनिंग अगि बढाउने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिएर ब्याटिंग गर्ने प्रयास गरेपनि ३० रन बाहेक थप स्कोर जोड्न पुन: विफल रहे। ३५ बल खेल्दै मल्ल २ चौका सहित ३० रनको स्कोरमा भूबन कार्कीबाट बोल्ड भए।

यस्तै ओपनर जयकिशन कोल्सावालाले २५ रन जोड्न बाहेक रोयल्सका अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन्।

प्रतियोगितामा सानदार प्रदर्शन जारि राख्ने क्रममा सन्नी पटेलले ४ ओभरमा मात्र ९ रन जोडेर ३ विकेट चट्काए। काठमाण्डौका गौरभ तोमर, पवन सर्राफ र अमित श्रेष्ठ सन्नीको शिकार बने।

यस्तै स्मित पटेल र भूबन कार्कीको नाममा समेत समान २-२ विकेट रह्यो। भूबनले काठमाण्डौका ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मीलाई आउट गर्दा स्मितले भने कोल्सावाला र आदील खानलाई आउट गरेका थिए।

Chitwan Rhinos
Chitwan Rhinos
Susan Bhari
Susan Bhari
Chitwan Rhinos
Chitwan Rhinos
Spectators
Spectators
Smeet Patel
Smeet Patel
Jaykisan Kolsawal
Jaykisan Kolsawal
Chitwan Rhinos
Chitwan Rhinos
Sunny Patel
Sunny Patel
Aarif Sheikh
Aarif Sheikh




थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]