नेदरल्यान्ड्समाथि बंगलादेशको जित, नेपाललाई दुवै खेल जित्नै पर्ने दबाब

काठमाडौं । बंगलादेशले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेश २५ रनले विजयी भएको हो ।

बंगलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि साईब्रान्ड एङ्गलब्रेथले २२ बलमा ३३ तथा विक्रम जित सिंहले १६ बलमा २६ रन बनाए ।

बंगलादेशका लागि रिसद हसनले तीन तथा तस्किन अहमदले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

बंगलादेशका लागि सकिब अल हसनले ४६ बलमा ९ चौकाको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले । तन्जिम हसनले २६ बलमा ३५ रन बनाए । महमदुल्लाहले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।

नेदरल्यान्ड्सका लागि पल भान मिकरन र आर्यन दत्तले समान दुई दुई तथा टिम प्रिगेलले एक विकेट लिए ।

तीन खेलमा चार अंक जोडेको बंगलादेश समूह डी को दोस्रो स्थानमा छ । तीन खेलमा अपराजित रहँदै दक्षिण अफ्रिका यस समूहबाट सुपर आठमा प्रवेश गरिसकेको छ । सुपर आठमा पुग्ने दोस्रो टोलीका रुपमा नेदरल्यान्ड्स, बंगलादेश र नेपालको सम्भावना रहेको छ ।

नेपाललाई सुपर आठमा पुग्न बाँकी दुवै खेलमा स्पष्ट जितको आवश्यकता छ ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]