रुपेशको अलराउन्ड प्रदर्शनमा साई ग्लोबलको जित

  • विकेटनेपाल, भैरहवा, ६ चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शशिकान्त–सकुन्तला बर्मा टि-२० क्रिकेट प्रतियोगितामा आइतबार भएको समूह ‘ए’ को पहिलो खेलमा बुद्ध क्रिकेट क्लब भैरहवालाई ४६ रनले हराउँदै बुटवल ११ क्रिकेट क्लब बुटवल विजयी भएको छ । जितसँगै उसले २ अंक बटुल्न सफल भएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बुटवल ११ ले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । उसका लागि प्रथम पराजुलीले ३१, अमित श्रेष्ठले २३ र तौसिफ आलमले नटआउट १८ रन बनाए । बुद्धका लागि प्रवेज आलमले २ विकेट लिए ।

जवाफी ब्याटिङमा मैदानमा उत्रेको बुद्धले निर्धारित खेलमा ९ विकेट गुमाउँदै ७९ रनमै समेटियो । उसका लागि सन्दीप साहनीले १६ रन बनाउनबाहेक अन्य ब्याट्सम्यान नचल्दा टिम धरासायी भयो । बुटवलका लागि खेलका म्यान अफ द म्याच समेत रहेका तौसिफ आलमले ३, सुधन श्रेष्ठ र सुमन श्रेष्ठले २-२ विकेट लिए ।

त्यस्तै आइतबारै भएको समूह ‘बि’ अन्तर्गतको दोस्रो खेलमा ज्ञानोदय क्रिकेट क्लब करहियालाई १९ रनले हराउँदै साई ग्लोबल क्रिकेट क्लब भैरहवा विजयी भएको छ । जितसँगै उसले २ अंक बटुल्न सफल भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा १९ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । उसका लागि रुपेश बास्तोलाले ३० तथा सन्देश शाक्यले २१ रनको योगदान दिए । ज्ञानोदयका लागि पदम खबासले ३ र निशान्त शर्माले २ विकेट लिए ।

जवाफी ब्याटिङमा मैदान छिरेको ज्ञानोदयले पुरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय २६ रन बनाए पनि जितका लागि प्राप्त भएन । उसका लागि निशान्त शर्माले ३९ र जितेन्द्र साहनीले १४ रन बनाए । बलिङमा साई ग्लोबलका रुपेश बास्तोला र राहुल थापाले २-२ विकेट लिए । खेलको म्यान अफ द म्याच साई ग्लोबलका रुपेश बास्तोला घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

सोमबारको पहिलो खेल समूह ‘सी’ मा रहेका बुम एमसीसी भैरहवा र देवदह क्रिकेट क्लब देवदहबीच प्रतिस्प्रधा हुनेछ भने दोस्रो खेल समूह ‘डि’ मा रहेका न्यू होराइजन क्रिकेट क्लब बुटवल र प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवाबीच हुनेछ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५-५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक दिनको म्यान अफ द म्याचले रु. एक हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]