युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ ।

नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० विकेटले पराजित भएको हो ।

युएई घरमा नै भएको लिग टुको पहिलो राउन्डमा क्यानडासॅंग २ र स्कटल्यान्डसॅंग १ खेलमा पराजित भएको थियो ।

स्कटल्यान्डसॅंगको अर्को खेल भने वर्षाका कारण सम्भव हुन सकेको थिएन ।

युएईले दिएको १ सय ६ रनको सामान्य लक्ष्य अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

अमेरिकाको जितमा ओपनर आन्द्रेस गौसले ५४ बलमा १२ चौका र १ छक्काको सहयोगमा नट आउट रहदै सर्वाधिक ६६ रन जोडे । अर्का ओपनर स्मित पटेलले ४१ बलमा ५ चौकाको सहयोगमा ३८ रन जोडे । युएईले ५ बलरको प्रयोग गरे पनि कुनै विकेट भने लिन सकेन ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको युएईले ३१.१ ओभरमा अल आउट हुदै १ सय ६ रन मात्र जोडेको थियो ।

युएईका लागि राहुल चोपराले सर्वाधिक ३२ तथा ओपनर आर्याशं शर्माले ३१ रन जोडे । अलि नासिरले २३ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अमेरिकाका लागि जसदिप सिंहले ४ तथा सौरभ नेत्राभाल्कर, मिलान्ड कुमार र नुस्तुश केन्जिगेले समान २ विकेट लिए ।

जितसॅंगै ८ टोली सहभागी लिगमा अमेरिका ८ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । युएई ४ खेलमा अंक बिहिन रहदै तालिकाको पुछारमा छ ।

नेपाल २ अंकका साथ सातौं स्थानमा छ । नेपालको खेल आजै रहेको छ । बेलुका ८ः४५ मा नेपालले ओमानसॅंग खेल्दैछ । सोमवार क्यानडासॅंग नेपाल १ सय ३ रनले पराजित गरेको थियो ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]