न्युजिल्यान्डलाई वेस्ट इन्डिजले दियो १५० रनको लक्ष्य

काठमाडौं । न्युजिल्यान्डले वेस्ट इन्डिज तथा अमेरिकामा संयुक्त रुपमा जारी रहेको नवौं संस्करणको विश्वकपको २६ औं खेलमा वेस्ट इन्डिजबाट १ सय ५० रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको ट्रिनिडाडमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनायो ।

वेस्ट इन्डिजका लागि शेरफन रादरफोर्डले ३९ बलमा २ चौका र ६ छक्काको सहयोगमा अविजित ६८ रनको अर्धशतकीय इनिङ खेले । निकोलस पुरनले १२ बलमा १७ तथा अकिल होसेनले १५ रन बनाए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले तीन तथा लकि फर्गुसन र टिम साउदीले समान दुई दुई विकेट लिए । जेम्स निशम र मिचेल स्यान्टेनरले समान एक एक विकेट लिए ।

पहिलो खेलमा अफगानिस्तानसँग फराकिलो अन्तरले पराजित न्युजिल्यान्डलाई सुपर आठमा स्थान बनाउँन यो खेल महत्वपुर्ण रहेको छ । उता, सुरुआती दुवै खेलमा विजयी सहआयोजक वेस्ट इन्डिज यो खेल जितेर सुपर आठमा स्थान पक्का गर्न चाहन्छ ।





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]