गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगिता : बागमती र कर्णालीको जित

काठमाडौं । जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् ।

मुलपानी मैदानमा भएको खेलमा दुवै टोलीले चौथो खेलमा तेस्रो जित निकालेका हुन् ।

दिनको पहिलो खेलमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा कर्णालीले गण्डकी प्रदेशलाई ५ रनको झिनो अन्तरले पराजित गर्यो।

मुलपानी मैदानमा टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६८ रन बनाएको थियो। कर्णालीको इन्निंगमा खेलको प्लेयर अफ दि म्याच चुनिएका ओपनर विपिन रावलले सर्वाधिक ६८ रन बनाए। यस्तै रबिन्द्र जंग शाहीले ३३ तथा दिनेश अधिकारीले अविजित २९ रनको योगदान गरे।

गण्डकीको बलिङ्गमा सबै ४ विकेट अमृत गुरुङको नाममा रह्यो।

जवाफमा १६९ रनको लक्ष्य लिएर मैदान उत्रिएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रन मात्र जोड्न सक्दा ५ रनको झिनो हार बेहोर्नु पर्यो। गण्डकीको चेजमा ओपनर अर्जुन कुमालले सर्वाधिक ७० रन बनाए। यस्तै सन्दिप खत्रीले इन्निंगको अन्त्यतर्फ ११ बलमा अविजित १९ रन बनाएपनि टोलिलाई जित दिलाउन सकेननं।

कर्णालीको बलिङ्गमा दिवन पुन, प्रकाश जैशी र युनिष ठकुरीले समान १/१ विकेट लिए।

आजै भएको दोस्रो खेलमा बागमतीले लुम्बिनी प्रदेशविरुद्ध जित दर्ता गरेको छ। जितसंगै बागमती प्रदेश अंकतालिकाको शिर्ष स्थानमा समेत उक्लिएको छ।

टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो। बागमतीका लागी कप्तान रित गौतमले सर्वाधिक ५६ रन बनाए। यस्तै राम नरेश गिरिले अविजित २८ रन र शुभ कंसाकारले १९ रनको योगदान गरे।

लुम्बिनीको बलिङ्गमा नर बहादुर शार्कीले ४ विकेट तथा देव खनालले २ विकेट हात पारे।

जवाफमा १६३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्दा २५ रनको हार बेहोर्यो।

लुम्बिनीका लागि कृष्ण कार्कीले अविजित ३८ तथा सुनिल भण्डारीले ३४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन।

बागमतीको बलिङ्गमा रिजन ढकालले सर्वाधिक ३ विकेट लिए। यस्तै राम नरेश गिरी र ईशान पाण्डेको नाममा समेत १/१ विकेट लिए।

खेलको प्लेयर अफ दि म्याच बागमतीका रित गौतम चुनिएपनि रितले सो अवार्ड रिजन ढकालसंग बाँडेका थिए।





थप समाचार

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]

‘आफुमाथी भैरहेको नियोजित षड्यन्त्रकारीलाई चाडै कानुनी दायरामा ल्याउनेछु’ पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफुमाथि पछिल्लो समयमा सामाजिक संजालबाट आफ्नो चरित्र हत्या गर्ने संस्था […]

विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]