नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ ।

आज हुने पहिलो खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह सवा १२ मा सुरु हुदैछ । वेस्ट इन्डिजको कुनै पनि टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । नेपालले जिम्बावेमा गत वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग एकदिवसीय विश्वकप छनोट खेले तापनि टी-२० मा वेस्ट इन्डिजको कुनै पनि टोलीसँग पहिलो पटक खेल्दैछ ।

वेस्ट इन्डिजको ए टोलीमा सिनियर टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी रहेका कारण टोली बलियो रहेको छ ।

सिरिजको दोस्रो खेल बैशाख १६ मा तथा तेस्रो खेल बैशाख १९ मा हुनेछ । चौथो खेल बैशाख २० मा हुँदा पाँचौ तथा अन्तिम खेल बैशाख २२ मा हुनेछ । पाँचै खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ । पाँचै खेल मध्यान्ह सवा १२ मा सुरु हुनेछ ।

वेस्ट इन्डिजको टोलीसँग नेपालले पहिलो पटक सिरिज खेल्दै छ । नेपाली टोलीले टी-२० विश्वकपको तयारीका लागि यो सिरिज खेल्दै छ ।

नेपाली टोली

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, आकाश चन्द, आरिफ शेख, लोकेश बम, विनोद भन्डारी, सागर ढकाल र कमलसिंह ऐरी ।

वेस्ट इन्डिज ए टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे, फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।





थप समाचार

बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । […]

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० […]

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]

‘आफुमाथी भैरहेको नियोजित षड्यन्त्रकारीलाई चाडै कानुनी दायरामा ल्याउनेछु’ पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफुमाथि पछिल्लो समयमा सामाजिक संजालबाट आफ्नो चरित्र हत्या गर्ने संस्था […]