पलको अर्धशतकमा सुदुरको रोमान्चक जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत आइतवार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले रोमाञ्चक जित हात पारेको छ। प्रतियोगिताको दोस्रो जित पार्ने क्रममा सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३ रनको झिनो अन्तरले पराजित गरेको हो। कोशी प्रदेशको भने यो तेस्रो खेलमा लगातार तेस्रो हार हो।

टस हारेर सुरुवातमा ब्याटिंग गर्ने निम्तो पाएको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन जोडेको थियो। सुदुरपश्चिम प्रदेशको ब्याटिंगमा ओपनर अविशेक पालले ४१ बलमा ६० रन जोडे। अविशेकको यो तेस्रो खेलमा दोस्रो अर्धशतक समेत हो।

यस्तै दिपक बोहराले ३२ तथा गजेन्द्र बोहराले २९ रन जोड्दा सुदुरपश्चिम प्रदेशले खेलमा राम्रो योग्फाल तयार गरेको थियो।

कोशीको बलिङ्गमा ज्ञानेन्द्र श्रेष्ठ र कप्तान अंकित सुवेदीले समान २/२ विकेट लिएका थिए। यस्तै सर्वन किस्कु र सौजन घिमिरेले समान १/१ विकेट हात पारेका थिए।

जवाफमा १५५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाउदा ३ रनको झिनो हार बेहोर्नु पर्यो।

कोशीका लागी शर्वन यादवले २७ बलमा अविजित ४६ रन र दिपेश कंडेलले १० बलमा अविजित २१ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन। यस्तै मिनस थापाले ३८ बलमा ३४ तथा समीर कार्कीले १४ बलमा २२ रन बनाएका थिए।

सुदुरपश्चिमको बलिङ्गमा नारायण जोशीले २ विकेट लिए। यस्तै नरेन साउद र बसन्त खत्रीले समान १/१ विकेट लिए। सुदुरपश्चिमका ओपनर ब्याट्समेन अविशेक पल खेलको प्लेयर अफ दि म्याच घोषित भए।





थप समाचार

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]

बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । […]

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० […]

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]