युएई ६२ रनमा नै अल आउट, सिरिज स्कटल्यान्डलाई

काठमाडौं । स्कटल्यान्डविरुद्धको तेस्रो टी-ट्वान्टी आई खेलमा घरेलु टोली युएई ६२ रनमा नै अल आउट भएको छ ।

दुबईमा भएको तीन खेलको टी-ट्वान्टी आई सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको ९५ रनको लक्ष्य पछ्याएको युएई ६२ रनमै अल आउट भएको हो ।

यो जितसँगै स्कटल्यान्डले सिरिज २-१ ले जितेको छ । स्कटल्यान्डले दिएको ९५ रनको लक्ष्य पछ्याएको घरेलु टोली १५ दशमलब २ ओभरमा ६२ रनमा अल आउट भयो ।

युएईका लागि सात खेलाडीले खाता नै खोल्न सकेनन् । अकिफ राजाले २५ बलमा २८ तथा राहुल चोपराले १९ बलमा १४ रन बनाए ।

स्कटल्यान्डका लागि बर्डेले कुरिस, ज्याक जार्भिस र मार्क वाटले समान ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ दशमलब ४ ओभरमा अल आउट हुदै ९४ रन मात्र बनायो ।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले १८ बलमा २१ तथा मार्क वाटले १३ रन बनाए ।

युएईका लागि शफि रहमान र आयान खानले समान ३ तथा अकिफ राजा र बासिल हमिदले समान २ विकेट लिए ।





थप समाचार

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]

बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । […]

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० […]

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]