राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

लखनाउको घरेलु मैदानमा लगातार चौथो तथा समग्रमा आठौं जित निकाल्नेक्रममा राजस्थानले लखनाउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गर्यो ।

लखनाउले दिएको १ सय ९७ रनको लक्ष्य राजस्थानले १९ ओभरको अन्तिम बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानका लागि कप्तान सन्जु सामसन र धुव्र जुरेलले अर्धशतकीय ईनिङ खेले । कप्तान सामसनले ३३ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ७१ रन बनाए । जुरेलले ३४ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । सामसन र जुरेलले चौथो विकेटका लागि ६२ बलमा अविजित १ सय २१ रनको विजयी साझेदारी गरे ।

ओपनर जोस बटलरले १८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए । अर्का ओपनर यशस्वी जैसवालले १८ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए ।

लखनाउका लागि यश ठाकुर, मार्कस स्टोईनेस र अमित मिश्राले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

लखनाउका लागि कप्तान केएल राहुल र दिपक होडाले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान राहुलले ४८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७६ रन बनाए । होडाले ३१ बलमा ७ चौकाको सहयोगमा ५० रन बनाए ।

आयुष बदोनीले १३ बलमा अविजित १८ तथा कुर्नाल पान्ड्याले ११ बलमा अविजित १५ रन बनाए ।

राजस्थानका लागि सन्दीप शर्माले दुई तथा ट्रेन्ट बोल्ट, रविचन्द्रन आश्विन र आबेश खानले समान एक एक विकेट लिए ।

नवौं खेलमा आठौं जित हात पारेको राजस्थान शीर्ष स्थानमा कायमै छ । नवौं खेलमा चौथो हार व्यहोरेको लखनाउ चौथो स्थानमा छ ।





थप समाचार

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]

बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । […]

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० […]

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]