हङकङसँग पराजित हुँदै नेपालले इमर्जिङ कप पनि गुमायो

काठमाडौं । ओमानमा जारी रहेको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालमाथी विजयी निकालेर हङकङ एसीसी नेपालले इमर्जिङ टिम्स एसीया कपमा छनोट भएको छ ।

ओमानमा भएको खेलमा हङकङले नेपालमाथि ४ विकेटको जित हात पार्यो ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य हङकङले १९ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

हङकङका लागि ओपनर अशुंमान रथले ५० बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ६५ रनको अर्धशतकीय ईनिङ खेले । बाबर हायातले २५ बलमा २ छक्काको सहयोगमा २६ रन बनाए । अजिज खानले १० बलमा १२ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन तथा दिपेन्द्रसिंह ऐरीले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । सन्दीप जोराले २३ बलमा १ चौकाको सहयोगमा २२ तथा कप्तान रोहितकुमार पौडेलले १९ बलमा २ चौकाको सहयोगमा २१ रन बनाए ।

पहिलो ओभरको दोस्रो बलमा नै ओपनर कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको नेपालका लागि अर्का ओपनर आसिफ शेखले ११ बलमा ५ रन बनाए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ७ बलमा १२ रन बनाए । कुशल मल्लले १४ बलमा १ छक्काको सहयोगमा १३ रन बनाए ।

हङकङका लागि आयुष शुक्लाले तीन तथा इसान खान, यातिक ईकवाल र यासिन मुर्ताजाले समान १ विकेट लिए ।

प्रतियोगिताको शीर्ष तीनमा रहने टोलीले एसीसी इमर्जिङ्स टिम्स एसिया कपमा स्थान बनाउँने नियम अनुसार फाइनलमा स्थान बनाएका युएई र ओमान सहित यस खेलमा विजयी हङकङले स्थान पक्का गरेको छ ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसहित प्रिमियर कपका शीर्ष ३ टोलीले सहभागिता जनाउने छन् ।





थप समाचार

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]

बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ । […]

विश्वकपमा ईतिहासकै कान्छा कप्तान बन्दै रोहित

काठमाडौं । आफ्नो डेब्यु विश्वकपमा नै नेपालका कप्तान रोहितकुमार पौडेलले नयाँ कीर्तिमान आफ्नो नाममा थप्दै छन् । कप्तान पौडेलले टी-२० […]

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]