प्रधानमन्त्री कप छनोट : अनिलको आक्रामक शतकमा बारा विजयी

पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा राष्ट्रिय क्रिकेटर अनिल शाहले आक्रामक शतकीय इनिंग्स खेलेका छन्।

बाराको प्रतिनिधित्व गरिरहेका अनिलले शतक बनाउदै टिमको १६४ रनको जितमा अहम योगदान दिएका हुन्। अनिलको शतक मद्दतले बाराले निर्धारित ५० ओभरमा ६ विकेट क्षेतीमा ३०६ रन बनायो। प्रतिउत्तरमा पर्सा ३७.२ ओभरमा १४२ रनमै समेटियो।

आक्रामक ब्याटिंग गरेका अनिलले ११५ बलमा १४ चौका र ९ छक्का मद्दतले १४९ रन बनाए। चौंथो विकेटको लागि अनिलले अरनिको यादवसंग १३९ रनको साझेदारी गरे। यादवले २५ रन बनाए। तृत राज दसले ३४, मेगराज महराले २३ रन तथा निकेश गुप्तले २५ रन बनाए। पर्साका सैफुल्लाह अन्सारी र रंजित कुमारले ३/३ विकेट लिए। दोश्रो इनिंग्समा बाराका निखिल सिंहले ५ विकेट लिंदै पर्साको इनिंग्स ध्वस्त पारे। कुमार थापाले २ विकेट लिए। पर्साका अल्फाज मन्सुरीले ३६ रन बनाए।

शुक्रबारनै सम्पन्न दोश्रो खेलमा रौतहटले सर्लाहीलाई १० विकेटले पराजित गर्यो जुन क्रममा सर्लाहीले दिएको १९० रनको लक्ष्य विकेट नगुमाई पुरा गर्यो। रौतहटका ओपनर डब्लु मालिकले अविजित शतक बनाउने क्रममा ९७ बलमा १४ चौका र २ छक्का मद्दतले १०१ रन बनाए। अरभिन्द जैसवालले अविजित ७५ रन बनाए। रौतहटको बलिंगतर्फ राजेश यादवले ३ तथा नरेश शाहले २ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy