ज्ञानेन्द्रको कप्तानीमा बागमती प्रदेश टिम घोषणा

कार्तिक १३ गते देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रदेश क्रिकेट संघले टिमको घोषणा गरेको छ।

घोषित टिमको कप्तानी पुनः राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्। यस्तै अर्का राष्ट्रिय क्रिकेटर पृथु बास्कोटा उपकप्तानको भूमिकामा छन्। हाल अस्ट्रेलियामा रहेका सुबास खकुरेल टिममा छैनन् जो गत वर्ष टिमको ओपनर थिए।

मल्ल र बास्कोटा बाहेक राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका इशान पाण्डे र रामनरेश गिरिको साथै यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका रित गौतम, नन्दन यादव, बिबेक राना मगर, प्रतिश जिसी, रिजन ढकाल, सुर्य तामांग र तिलक राजभण्डारी हुनुले टिम बलियो देखिएको छ।

टिमका अन्य सदस्यहरुमा विकेटकिपर दुर्गेश थापा, आशुतोष घिरैया र सोनु देवकोटा छन्। चार खेलाडीलाई वैकल्पिकको सुचीमा राखिएको छ जसमा गौरभ खड्का, गौतम केसी, अशोक पौडेल र रामाशिष महतो छन्।

गत वर्ष टिममा रहेका आदील खान, सुमन सुनार, बिपिन आचार्य, सुबास खत्री, लकी कठाएत र रोहन बिक यो पटक टिममा छैनन्।

टिमको प्रशिक्षक स्यामसन जंग थापा र व्यवस्थापकमा सुजन महर्जन रहेका छन्।

घोषित टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , इशान पाण्डे, रामनरेश गिरि, रित गौतम, नन्दन यादव, बिबेक राना मगर, प्रतिश जिसी, रिजन ढकाल, सुर्य तामांग, तिलक राजभण्डारी, दुर्गेश थापा, आशुतोष घिरैया र सोनु देवकोटा

प्रतियोगितामा बागमती प्रदेश समुह ‘बि’ मा छ जुन समुहमा विभागीय टोलि नेपाल पुलिस क्लब सहित लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर-१ छन्।

प्रधानमन्त्री कपको अघिल्लो संस्करण गत वर्ष बागमती प्रदेश सेमीफाइनल पुगेको थियो जो नेपाल पुलिस क्लबसंग पराजित भएको थियो।

सम्बन्धित : 

प्रधानमन्त्री कप : राजुको कप्तानीमा सुदुरपश्चिम टिम घोषणा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy