अफगानिस्तानमाथि बंगलादेशको जित

२०८१ कार्तिक २५, आईतवार ०९:२२

काठमाडौं । बंगलादेशले अफगानिस्तानमाथि तेस्रो ओडिआईमा जित हासिल गरेको छ ।

शनिवार सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानमाथि ६८ रनको जित दर्ता गरेको हो ।

जितसँगै ३ खेलको ओडिआई सिरिज बंगलादेशले १-१ को बराबरी गरेको छ । पहिलो खेलमा अफगानिस्तान ९२ रनले विजयी भएको थियो ।

बंगलादेशले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा १ सय ८४ रनमा अल आउट भयो ।

अफगानिस्तानका लागि रहमत शाहले ४६ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ५२ तथा सिलिकउल्लाह अतलले ५१ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडे ।

गुलवदिन नैबले २५ बलमा २६, कप्तान हशमतुल्लाह शाहिदी र मोहम्मद नावीले समान १७ तथा राशिद खानले १४ रन बनाए ।

बंगलादेशका लागि नसुम अहमदले ३, मेहेदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान २ तथा शरिफुल इस्लाम र तस्किन अहमदले समान १ विकेट लिए ।

त्यसअघि युएईको सारजहामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रनको योगफल तयार गरेको थियो ।

बंगलादेशका लागि प्लेयर अफद म्याच समेत भएका कप्तान नजमल हुसैन शान्तोले १ सय १९ बलमा ६ चौका र १ छक्काको सहयोगमा ७६ रन जोडेका थिए ।

जाकिर अलिले २७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३७, सौम्य सरकारले ४९ बलमा ३५, नसुम अहमदले २४ बलमा २५ तथा तान्जिद हसनले १७ बलमा २२ रन बनाएका थिए ।

अफगानिस्तानका लागि नान्गियाल खरोटिले ३ तथा राशिद खान र अल्लाह गजान्फरले समान २ विकेट लिएका थिए ।

दुई देशबीचको तेस्रो तथा निर्णायक ओडिआई खेल सोमवार रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy