अभ्यास खेलमा अमेरिका पराजित

बलरहरु चम्किएपछि नेपाल प्रेसिडेन्ट ११ ले आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू अघिको अभ्यास म्याचमा अमेरिकी टोलीलाई ३७ रनले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको लो स्कोरिङ म्याचमा नेपाली बलरहरु शेर मल्ल र सागर ढकाल चम्किए । शेरले ४ र सागरले ३ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको नेपालले कप्तान सुवास खकुरलेको हाफ सेन्चुरीको मद्दतमा ३३ दशमलव पाँच ओभरमा अल आउट हुँदै १ सय ११ रन बनाएको थियो । १ सय १२ रनको लक्ष्य पच्छ्याएको अमेरिका ३३ दशमलव दुई ओभरमा ७४ रनमै सअलआउट भएपछि नेपालले ३७ रनको जित हात पारेको हो ।अमेरिकाका स्टेभन टेलरले २८ र तिमिल पटेलले २० रन जोडे । अन्य ब्याट्स्म्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका शेरले ७ दशमलव २ ओभरमा १३ रन खर्चंदै चार विकेट लिए । सागरले ८ ओभरमा १३ रन दिएर तीन विकेट लिए ।

यसअघि सुवासले नटआउट ५२ रन बनाएपछि लो स्कोरिङ म्याचमा नेपालले न्यून योगफल तयार गरेको छ । सुवासको इनिङ्समा ४ चौका सामेल थियो । उनले पवन शर्राफसँग तेश्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । पवनले १९ रन जोडे ।

अमेरिका तिमिल पटेलले ५ तथा एल्मोर हचिन्सन र करिमा गोरेले २–२ विकेट लिए । लिग टू अन्तर्गत अमेरिकाले पहिलो खेलमा बिहीबार ओमानसँग खेल्नेछ । नेपालले लिग टू को पहिलो म्याचमा भोलि कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

( Photo  – Dreamcricket.com )





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]