आईसीसी बैठक आज, टि-२० विश्वकपको भविष्य तथा अन्य महत्वपूर्ण विषयमा निर्णय आउने अपेक्षा

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बुधबार बस्ने बोर्ड सदस्यहरुको भिडियो कन्फरेन्स बैठकले टि-२० विश्वकपको भविष्यबारे अनिश्चितताको अन्त्य गर्ने बताईएको छ। यस्तै बैठकले आईसीसीको आगामी अध्यक्षको लागि नामांकन प्रक्रिया सुरु गर्ने घोषणा समेत हुनसक्नेछ।

कोरोना महामारीको कारण अस्ट्रेलियामा यसै वर्ष अक्टोबर-नोभेम्बरमा आयोजना हुने पुर्व निर्धारित टि-२० विश्वकप बारे निर्णय अझै हुनसकेको छैन। विश्वकप स्थगित भएको खण्डमा आईसीसीले आफ्नो बोर्ड मेम्बरहरु बीच आयको बाँडफाँड कसरि गर्ने भन्ने बारे पनि बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

यस्ता छन् आईसीसीले लिन बाँकी महत्वपूर्ण निर्णय

१. टि-२० विश्वकपको भविष्य : कोरोना महामारीको कारण अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप निर्धारित समयमा गर्न आयोजक अस्ट्रेलियाले सम्भव नहुने बताइसकेको छ। पछिल्लो ३ महिना देखि अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि ठप्प रहेको छ भने फ्यानहरु खेल हेर्न मैदान जाने अवस्था रहेको छैन, त्यसमाथि विश्व अर्थतन्त्रनै संकटमा रहेको बेला टि-२० विश्वकप सार्नुको बिकल्प छैन। आईसीसीले टि-२० विश्वकप २०२१ या २०२२ मा सार्ने निर्णय गर्नेछ।

टि-२० विश्वकप सर्ने या नसर्ने निर्णय भारतीय लिग आईपीएल फ्यानहरुको प्रतीक्षाको विषय रहेको छ। टि-२० विश्वकप नभए त्यो समयमा आईपीएल आयोजना गर्ने भारतीय बोर्डको योजना रहेको छ।

२. अन्तर्राष्ट्रिय क्रिकेटको तालिका तथा आईसीसीको आय बाँडफाँड 

अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर तहसनहस भएको छ र १०० दिन बढी अन्तर्राष्ट्रिय क्रिकेट नहुँदा धेरै खेलहरु रद्द गरिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर अनिश्चित हुँदा केहि बोर्डहरु नयाँ प्रशारण अधिकार गर्न संघर्ष गरिरहेका छन्। अर्कोतर्फ आर्थिक रुपमा क्रिकेट बोर्डहरु ठुलो संकटमा रहेका छन्।

यो अवस्थामा आईसीसी बोर्डले टिमहरुको भविष्यको भ्रमण कार्यक्रमबारे तथा बोर्ड मेम्बरहरुको आर्थिक पक्ष बारे पनि निर्णय लिनेछ। टि-२० विश्वकप सर्ने निश्चित जसो हुँदा आईसीसीको सेप्टेम्बरमा हुने आय बाँडफाँड पनि सर्नेछ या बोर्डहरु संचालन गर्न आएको केहि हिस्सा दिईनेछ पनि प्रतीक्षाको विषय रहेको छ।

३. नयाँ अध्यक्ष चयनको लागि चुनावी प्रक्रिया 

आईसीसीको गत महिना बसेको बैठकले आगामी अध्यक्षको निर्वाचनको लागि प्रक्रिया थालेको थियो। आईसीसीको मनोनयन कमिटिले आईसीसी बोर्ड समक्ष नामांकन प्रस्तुत गर्नेछ जसपछि चुनावी प्रक्रिया सुरु हुनेछ।

यस्तै बैठकमा आईसीसी र भारतीय क्रिकेट बोर्ड बीचको कर विवाद तथा लिक भएको इमेल बारे पनि छलफल हुनेछ। आईसीसी सीईओले लिक इमेल प्रकरणबारे स्पष्टीकरण दिनेछन्।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]