इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ ओडिआई खेलको लागि इंग्ल्यान्ड भ्रमणमा रहेको छ । पहिलो खेलमा जितसँगै भ्रमणकारी टोलीले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

घरेलु टोलीले दिएको ३ सय १६ रनको लक्ष्य पाहुना टोलीले ४४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पाहुना टोलीलाई जित दिलाउन ओपनर हेडले नट आउट रहँदै सर्वाधिक १ सय ५४ रन बनाए । उनले १ सय २९ बलमा २० चौका र ५ छक्का प्रहार गरेका थिए । मार्नुस लाबुस्सेनले ६१ बलमा नट आउट ७७ रन बनाए ।

स्टिभ स्मिथ र क्यामरुन ग्रीनले समान ३२ रन जोड्दा अर्का ओपनर तथा कप्तान मिचेल मार्शले १० बनाए । घरेलु टोलीका लागि ज्याकोव बेथहेल, लियम लिबिगंस्टोन र म्याथ्यु पोटले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली ४९.४ ओभरमा अल आउट हुदै ३ सय १५ रन मात्र बनाएको थियो ।

टोलीका लागि ओपनर बेन डुकेटले सर्वाधिक ९५ रन जोडे । उनले ९१ बलमा ११ चौका प्रहार गरेका थिए । विल ज्याक्सले ६२, कप्तान ह्यारी ब्रुकले ३९, ज्याकोब बेथहेलले ३५ तथा जेमी स्मिथले २३ रन जोडेका थिए ।

पाहुना टोलीका लागि एडम जाम्पा र मार्नुस लाबुस्सेनले समान ३, ट्राभिस हेडले २ तथा बेन ड्वारसुइस र म्याथ्यु शर्टले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो ओडिआई खेल शनिवार हुनेछ ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]