इमर्जिङ्ग टिम्स एसिया कप : बलियो भारतसंग नेपालको पहिलो खेल ( सम्पूर्ण जानकारी )

बुधबार देखि बंगलादेशमा सुरु हुने इसिसी इमर्जिङ्ग टिम्स एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भारतसंग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय विहान ८:४५ बजे सुरु हुने बताईएको छ।

प्रतियोगितामा आयोजक बंगलादेश र नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, हंगकंग र ओमान गरि ८ टोलि सहभागी रहेका छन्। सबै टिमले अन्तिम-११ मा ८ जना २३ वर्ष मुनिको तथा ३ जना २३ वर्ष माथिको खेलाडी खेलाउनु पर्नेछ।

नेपाल रहेको समुह ‘बि’ मा भारत, हंगकंग र बंगलादेश रहेका छन्। यस्तै समुह ‘ए’ मा श्रीलंका, ओमान, पाकिस्तान र अफगानिस्तान रहेका छन्। समुह चरणको खेलपछि दुवै समुहबाट उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा नोभेम्बर १४ मा टेस्ट राष्ट्र भारतको सामना गर्दैछ। यस्तै त्यसपछि दोश्रो खेल नोभेम्बर १६ मा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ मा बंगलादेशसंग खेल्नेछ।

प्रतियोगितामा १५ सदस्यीय टोलि मध्ये ११ जना खेलाडीहरु २३ वर्ष मुनिको हुनु पर्ने हुनाले नेपालले अधिकांश युवा खेलाडीहरुलाई टिममा स्थान दिएको छ। पारस खड्का र सन्दिप लामिछाने टि-१० लिग खेल्न युएई पुगेकाले पनि अन्य खेलाडीले मौका पाएका छन्।

नेपाली टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि ( उपकप्तान ) , सोमपाल कामि, करन केसी, बिनोद भण्डारी, रोहित पौडेल, ललित राजबंशी, पवन सर्राफ, सन्दिप जोरा, सुशन भारि, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहरा , कुशल मल्ल

बलियो भारतीय टिम 

भारतीय टिम :- विनायक गुप्ता, आर्यन जुयल, बि.आर. शरथ, चिन्मय सुतर, यश राथोड़, अरमान जाफर, संभिर सिंह, कमलेश नगरकोटी, ऋतिक शोकिन, एसए देसाइ, अर्शदिप सिंह, एस.आर. दुबे, कुमार सुरज, पी रेखाडे, कुलदिप यादभ

नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्दी भारतको सामना गर्दैछ। प्रतियोगिताको लागि घोषित भारतीय टिममा भारतीय यु-१९ टिमको लागि यस अघि खेलीसकेका तथा आईपीएल खेलीसकेका खेलाडीहरु रहेका छन्।

पछिल्लो सिजन आईपीएलमा खेलेका तिब्र गति बलर कमलेश नगरकोटी, किंग्स-११ पन्जाबको प्रतिनिधित्व गरेका अर्शदिप सिंह र अरमान जाफर टिममा रहेका छन्।

गत वर्ष २०१८ मा पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको इमर्जिङ्ग टिम्स कपमा नेपालले सहभागिताको मौका पाएको थिएन। टेस्ट राष्ट्र बाहेक हंगकंग, युएई र ओमानले उक्त प्रतियोगिता खेलेका थिए।

२०१७ मा नेपालले बंगलादेशमा प्रतियोगिता आयोजना हुँदा अन्तिम पटक प्रतियोगितामा सहभागिता जनाएको थियो जुन बेला नेपाल समुह चरणबाट बाहिरिएको थियो। नेपाल पाकिस्तानसंग ६ विकेटले तथा बंगलादेशसंग ८३ रनले पराजित भएको थियो भने हंगकंगलाई ७ विकेटले पराजित गरेको थियो।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]