एकै खेलमा ३ वटा टिम : साउथ अफ्रीकामा अनौठो फर्म्याटमा क्रिकेट फर्किदै

क्रिकेट साउथ अफ्रीकाले जुन २७ मा सेन्चुरीयनमा सोलिडारिटी कप ‘3TC’ नामक विशेष प्रदर्शनी क्रिकेट खेल आयोजना गर्ने घोषणा गरेको छ।

कोभीड-१९ महामारीले असर गरेका मानिसहरुलाई क्रिकेट मार्फत सहयोग रकम जुटाउन तथा महामारी बिरुद्ध एकजुट हुनको लागि खेलको आयोजना गर्न लागिएको हो। खेल नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ। कोरोना सुरक्षालाई ध्यानमा राख्दै खेल खेलिनेछ जसमामा दर्शकलाई प्रवेश निषेध गरिनेछ।

खेलको फर्म्याट अनुसार सहभागी तिन वटै टिमले एकै खेलमा प्रतिस्पर्धा गर्नेछन्। कुल ३६ ओभर खेलमा १२-१२ ओभरको तिन वटा इनिंग हुनेछ जसलाई ६/६ ओभरमा बाँडीनेछ। यो फर्म्याटमा हालसम्म कुनै पनि क्रिकेट खेल खेलीएको छैन।

क्रिकेट साउथ अफ्रिकाले खेलको लागि टिमको घोषणा समेत गरको छ जसमध्ये एउटा टिम एबि डी भिल्लीयर्सको कप्तानीमा रहनेछ भने क्विनटन डी कक र कागीसो रबाडा अन्य दुइ टिमको कप्तान रहनेछन्। खेलमा फाफ डु प्लेसिस, डेभिड मिलर, लुंगी एनगीडी जस्ता अन्य स्टार खेलाडीहरु समेत सहभागी हुनेछन्।

यस्तो हुनेछ नियम : 

– खेलमा सहभागी तिन वटा टिममा ८/८ जना खेलाडीहरु हुनेछन्। कुल ३६ ओभरको खेललाई १८/१८ ओभरको हाफटाइममा बाँडिनेछ।

– एउटा टिमले कुल १२ ओभर ब्याटिंग गर्न पाउनेछ जसलाई ६/६ ओभरको दुइ इनिंगमा बाँडिनेछ। एउटा टिमले एउटा हाफमा एउटा बिपक्षीको सामना गर्नेछ भने अर्को हाफमा अर्को बिपक्षीको।

– पहिलो हाफमा टिमले ब्याटिंग गरेपछि ‘गोलाप्रथा’ मार्फत चुनिने टिमले फिल्डिंग गर्न जानु पर्नेछ।

– पहिलो हाफमा ब्याटिंग गर्ने तिन टिम मध्ये जसले धेरै रन बनाउछ उसैले पहिले ब्याटिंग गर्नेछ। यदी स्कोर बराबर भएको खण्डमा पहिलो हाफकै अर्डर अनुसार ब्याटिंग गरिनेछ।

– ७ विकेट गुमेको खण्डमा अन्तिमको ब्याट्सम्यानले एक्लै ब्याटिंग गर्न पाउनेछ। तर उक्त ब्याट्सम्यानले जोर संख्यामा मात्र रन बनाउन पाउनेछ।

–  यदी पहिलो हाफमै टिमले ७ वटै विकेट गुमाएको खण्डमा टिमको इनिंग सक्नेछ। बाँकी अन्तिम ब्याट्सम्यानले अर्को हाफमा ब्याटिंग गर्न पाउनेछ।

– एउटा बलरले अधिकतम ३ ओभर बलिंग गर्न पाउनेछ। एउटा टिमले १२ ओभर बलिंग गर्दा एउटै बल प्रयोग गर्नेछ। सातौँ विकेट झर्दा ओभर पुरा नभएको खण्डमा बाँकी बललाई डट बल मानिनेछ।

– धेरै रन प्रहार गर्ने टिमले गोल्ड, दोश्रो हुनेले सिल्भर तथा तेश्रो हुनेले ब्रन्ज जित्नेछ। यदी दुइ टिमको रन अन्तिममा बराबर भएको खण्डमा सुपर ओभरले गोल्ड जित्ने टिम चुनिनेछ। सबै तिन टिमको योगफल बराबर भएको खण्डमा सबैले गोल्ड पाउनेछन् , यदी दोश्रो र तेश्रो टिमको योगफल बराबर भएमा सिल्भर बाँड्नेछन्।

तिन वटा टिममा को-को हुनेछन् खेलाडीहरु 

KG’s Kingfishers: Kagiso Rabada (c), Faf du Plessis, Chris Morris, Tabraiz Shamsi, Reeza Hendricks, Janneman Malan, Heinrich Klaasen, Glenton Stuurman

Quinny’s Kites: Quinton de Kock (c), David Miller, Temba Bavuma, Anrich Nortje, Dwayne Pretorius, Beuran Hendricks, JJ Smuts, Lutho Sipamla

AB’s Eagles: AB de Villiers (c), Aiden Markram, Lungi Ngidi, Andile, Phehlukwayo, Rassie van der Dussen, Junior Dala, Kyle Verreynne, Sisanda Magala





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]