एनपिएल : चितवनको लोगो र नाम घोषणा

२०८१ आश्विन १५, मंगलवार ०९:४९

नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली चितवनले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

चितवनले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम चितवन राइनोज रहनेछ ।

चितवनको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ल रहेका छन् । चितवनको स्वामित्व चितवन मेडिकल कलेजसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ । सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ ।

टिममा रहने अन्य नेपाली खेलाडी चयनका लागि अगामी २० गते अक्सन हुदैछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्ने छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy