एनपिएल – लुम्बिनीको लोगो र नाम सार्वजनिक

प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनीले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

लुम्बिनीले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम लुम्बिनी लायन्स रहनेछ ।

लुम्बिनीका मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ ।

सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ । टोलीमा अन्य नेपाली खेलाडी चयनका लागि असोज २० गते अक्सन हुँदैछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्ने छन् ।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]