एनपिएल – लुम्बिनीको लोगो र नाम सार्वजनिक

२०८१ आश्विन १५, मंगलवार १६:५३

प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनीले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

लुम्बिनीले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम लुम्बिनी लायन्स रहनेछ ।

लुम्बिनीका मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ ।

सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ । टोलीमा अन्य नेपाली खेलाडी चयनका लागि असोज २० गते अक्सन हुँदैछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्ने छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy