करनले अपत्यारिलो इनिंग खेल्दा नेपालको सनसनीपूर्ण जित

करन केसीले उत्कृस्ट अल-राउण्ड प्रदर्शन गर्दा ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिजमा लगातार दोश्रो जित दर्ता गर्ने क्रममा रोमान्चक खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ। नेपालले पहिलो खेलमा हंगकंगलाई ४ विकेटलेनै पराजित गरेको थियो।

खेलमा पहिले ब्याटिंग गर्दै नेदरल्याण्डले दिएको १३५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर १९.५ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन सकेन। पवन सर्राफ ९ तथा आरिफ शेख २ रन बनाएर आउट भए। त्यसपछि पारस खड्का र दिपेन्द्र ऐरीले तेश्रो विकेटको लागि ३२ रनको साझेदारी गरे। ८ रन बनाएर ऐरी आउट भए। धैर्यतापुर्वक ब्याटिंग गरिरहेका पारस ३३ रन बनाएर आउट भए जसले ४१ बलमा १ चौका र १ छक्का प्रहार गरे। ऐरी र खड्का दुवैको विकेट भान डर मर्वेले लिए। त्यसपछि रोहित पौडेल ५ तथा अघिल्लो खेलको हिरो बिनोद भण्डारी २६ रन बनाएर आउट हुँदा नेपाल खेल हार्ने स्थितिमा पुग्यो।

बिनोद भण्डारीको विकेट जाँदा नेपाल १८ ओभरमा १०६/६ को स्थितिमा पुग्यो। जितको लागि १२ बलमा २८ रन आवस्यक रह्यो।

ग्लोभरले गरेको १९ औं ओभरमा करनले एउटा छक्का प्रहार गरे जसको मदतले नेपालले उक्त ओभरमा ११ रन बनायो। अब अन्तिम ओभरमा नेपाललाई १७ रन आवस्यक रहेको थियो।

अन्तिम ओभरको पहिलो बलमा करन केसीले शेन स्नेटरलाई छक्का प्रहार गरे। त्यसपछि दोश्रो बल डट गरेता पनि तेश्रो बलमा करनले चौका तथा चौथो बलमा छक्का प्रहार गरे। पाँचौ बलमा १ रन लिंदै करनले नेपाललाई रोमान्चक जित दिलाए।

अविजित ३१ रन बनाउने क्रममा करनले १४ बलमा ३ छक्का र १ चौका प्रहार गरे। टि-२० अन्तर्राष्ट्रियमा करनको यो सर्वाधिक व्यक्तिगत रन समेत हो। सोमपाल कामि ३ रनमा अविजित रहे।

नेदरल्याण्डको बलिंगमा भान डर मर्वेले २ विकेट ( ४-१-१४-२ ) तथा फ्रेड क्लासेन, भान मिकीरन, एकरम्यान र ग्लोभरले १/१ विकेट लिए।

सन्दिप र करनको घातक बलिंग 

खेलमा टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग रोजेको नेदरल्याण्डले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो।

सन्दिप लामिछानेले इनिंगको दोश्रो ओभरमा टोबीएस भीसेको विकेट लिंदै सुरुवात सफलता दिलाएता पनि नेदरल्याण्डले त्यसपछि पावरप्लेमा आक्रामक सटहरु खेल्यो। दोश्रो विकेटको लागि म्याक्स ओ’डोड र एन्टोनिएस स्टलले मात्र ३.३ ओभरमा ४१ रनको साझेदारी गरे। छैठौं ओभरमा करन केसीले स्टलको विकेट दिलाए। १४ बलमा १ चौका र २ छक्का मदतले स्टलले २१ रन बनाए।

त्यसपछि पनि ओपनर ओ’डोडले एक किनार सम्हालीरहे र तेश्रो विकेटको लागि कोलिन एंकरम्यानसंग ४७ रनको साझेदारी गरे। एंकरम्यानलाई १३ औं ओभरमा ललित राजबंशीले बोल्ड गरे जसले २० बलमा १ चौका र २ छक्का मदतले २९ रन बनाए। लगत्तै ओ’डोड १५ औं ओभरमा ४३ रन बनाएर आउट भए। ४४ बलमा ४ चौका मदतले ४३ रन बनाएका उनलाई सन्दिपले दोश्रो शिकार बनाए।

त्यसपछि नेदरल्याण्डले लगातार विकेट गुमाउन पुग्यो। कप्तान पिटर सिलर ४, भान डर मर्वे  ७, शेन स्नेटर ०, क्लासेन ४ तथा भान मिकीरन मात्र ४ रन बनाएर आउट भए।

एक समय ९७/३ को स्थितिबाट नेदरल्याण्डले बाँकी ३६ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो।

सन्दिपले व्यक्तिगत उत्कृस्ट बलिंग गरे

नेपालको बलिंगमा सन्दिप लामिछाने र करन केसीले समान ४/४ विकेट लिए। सदिपले ४ ओभरमा मात्र २० रन खर्चिए भने करनले ३.३ ओभरमा १७ रन खर्चिए। ललित राजबंशीले १ विकेट लिए भने एउटा विकेट रन आउटको रुपमा नेपालले प्राप्त गर्यो।

सन्दिप र करनको हालसम्मकै उत्कृस्ट स्पेल 

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिप लामिछानेले पहिलो पटक ४ विकेट लिंदै व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गरे। सन्दिपको यस अघि उत्कृस्ट स्पेल जिम्बाब्वे बिरुद्ध ४-०-१५-३ रहेको थियो। करनले अघिलो खेलमा हंगकंग बिरुद्ध ४ विकेट लिन ३६ रन खर्चिएका थिए। आज ३.३ ओभरमा मात्र १७ रन खर्चदै ४ विकेट लिएर उनले आफ्नो व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गरेका हुन्।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा उत्कृस्ट स्पेल नेपाली बलर मध्ये बसन्त रेग्मीको रहेको छ जसले हंगकंग बिरुद्ध २०१५ मा ४ विकेट लिन ४ ओभरमा मात्र १६ रन खर्चिएका थिए। हालसम्म नेपाली बलरले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिन सकेका छैनन्। बसन्त रेग्मी, सन्दिप लामिछाने, करन केसी र अविनाश बोहराले मात्र एकै इनिंगमा ४ विकेट लिएका छन्।

२ खेलमा ४/४ विकेट लिएका करनको टि-२० अन्तर्राष्ट्रिय विकेट संख्या २९ पुगेको छ। उनि सबैभन्दा धेरै टि-२० अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्। यस्तै ४ विकेट लिएसंगै सन्दिप यो सुचीमा दोश्रो स्थानमा पुगेका छन् जसले कुल २५ विकेट लिएका छन्। सोमपाल कामि र बसन्त रेग्मीको पनि २५ विकेट रहेको छ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]