कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

२०८१ बैशाख २९, शनिबार १५:५१

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा ललितपुरले ७ विकेटको जित निकाल्यो ।

बागमतीले दिएको ५३ रनको लक्ष्य ललितपुरले १३ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

ललितपुरका लागि कप्तान पुजा महतोले ३० बलमा २३ तथा ओपनर लक्ष्मी चौधरीले ७ बलमा १२ रन बनाईन् ।

बागमतीका लागि खुसी डगोलले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले १४ दशमलब २ ओभरमा ५२ रनमा अल आउट भयो ।

बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले २६ बलमा २० तथा ओपनर कन्चन श्रेष्ठले १८ बलमा ११ रन बनाए । बागमतीका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ललितपुरका लागि कृतिका मरासिनीले ४ तथा सरस्वती चौधरीले ३ विकेट लिईन् । कृतिका ह्याट्रिक विकेट लिएकी थिइन् । उनले लगातार ४ बलमा ४ विकेट लिएकी थिईन् ।

जितका ललितपुर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy