क्यानले स्टार स्पोर्ट्ससँग राष्ट्रिय हितविपरीत सम्झौता गरेको भन्दै तीन संस्थाले जनाए आपत्ति

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौता विवादित बनेको छ । सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाहरूले साझा विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् ।

नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हित विपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् । एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ । तर, यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुनु नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।

नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केही अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । बिना प्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]