घोषणा भयो ऐतिहासिक नेपाल ए टिम, भण्डारी कप्तान

२०८० फाल्गुन २, बुधबार १९:२४

Binod Bhandari

काठमाडौं । विनोद भण्डारीको कप्तानीमा नेपाल क्रिकेट संघ(क्यान) ले पहिलो पटक नेपाल ए टिमको घोषणा गरेको छ ।

बुधबार क्यानले घोषणा गरेको नेपाल ए टिममा भण्डारीको कप्तानीमा १६ खेलाडी समावेश गरिएको छ ।

नेपाल ए टिमको पहिलो खेल क्यानडाको टोलीसँग हुने क्यानले जनाएको छ । टोलीको प्रशिक्षकको जिम्मा नेपालका पुर्व कप्तान ज्ञानेन्द्र मल्ल र कलाम अलिलाई दिईएको छ ।

नेपाल ए टोली

विनोद भण्डारी(कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, वसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिशी, रिजन ढकाल, राशिद खान, सागर ढकाल, सन्दीप जोरा, सुजन थपलिया, शेर मल्ल र साहब आलम

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy