चितवनले जित्यो डब्ल्युसिएल ट्रफी

वुमन्स च्याम्पियन्स लिग (डब्ल्युसिएल) को उपाधी चितवन राइनोजले जितेको छ । फाइनलमा उसले क्याट क्विन्स काठमाण्डौलाई ४५ रनले पराजित गर्यो । (स्कोरकार्ड)

चितवन राइनोजले दिएको ११३ रनको लक्ष्य पछ्याएको क्याट क्विन्स काठमाण्डौ अन्तिम बलमा सबै विकेट गुमाउंदै ६७ रनमा समेटियो ।

खराब सुरुवात गर्दै मात्र १५ रनमा ४ विकेट गुमाएको काठमाण्डौका लागि अप्सरी बेगम र ममता थापाले २५ रनको साझेदारी गर्दै पारि उकास्ने प्रयास गरे । तर दबाबमा ढिलो खेलेपछि आबश्यक रन रेटले उकालो चढेको थियो । अप्सरीले ३१ बलमा १५ रन र ममताले १४ बलमा १३ रन बनाए । त्यसपछि पुन: विकेट गुमाउँदा ५१ रनमा ८ विकेट गुमेको थियो । थप १५ रन बनाउंदै इश्वरी बिस्ट र सुमन बिस्टको साझेदारी तोडियो । इश्वरी बिस्ट १३ रनमा आउट हुँदा लक्ष्मी साउद १ रनमा आउट भईन । सुमन बिस्ट ३ रनमा अविजित रहिन ।

काठमाण्डौलाई धरासायी बनाउन चितवनकी सन्तोषी चौधरीले २२ रन खर्चेर ४ विकेट लिईन्। सुमन खतिवडा, रेखा रावल र कबिता गौतमले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको चितवन राइनोजले ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । उसका लागि ओपनर कन्चन श्रेष्ठ र काजोल श्रेष्ठले ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । काजोलले २१ रन (२८ बल, २ चौका) र कन्चनले १९ रन (२६ बल, ३ चौका) बनाए । ऋतु कनौजिया मात्र ६ रन (१३ बल) मा रनआउट भईन । त्यसपछि आएकी सुमन खतिवडाले सर्बाधिक २९ रन (२५ बल, ३ चौका) र कप्तान इन्दु बर्माले अविजित २२ रन (१९ बल, ४ चौका) बनाए । प्यारी चौधरी ९ बलमा ३ रन बनाउंदै अविजित रहिन् ।

काठमाण्डौका संगीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले समान १/१ विकेट लिए ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]