च्याम्पियन बन्न नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको च्याम्पियन बन्न नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

नेपालका लागि ओपनर आसिफ शेखले ३७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाए । ओपनर आसिफ माईकल लिभेन्टको बलमा एलबीडब्लु आउट भए । गुलसन झाले २५ बलमा ३ छक्काको सहयोगमा ३४ रन बनाए । झा फ्रेड केल्सनको बलमा आउट भए ।

कप्तान रोहितकुमार पौडेलले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा माईकल लिभेन्टको बलमा आउट भए । अर्का ओपनर कुशल भुर्तेलले १० बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए ।

आज जन्मदिन मनाईरहेका कुशल मल्लले ११ बलमा ३ छक्काको २६ सहयोगमा रन बनाए । मल्ल साईब्रान्ड एङ्गलब्रेख्तको बलमा आउट भए । करण केसीले ४ बलमा १ छक्काको सहयोगमा ९ रन बनाए । केसी एङ्गलब्रेख्तको बलमा आउट भए ।

सोमपाल कामी ५ बलमा ६ रनमा अविजित रहँदा प्रतिश जिसी पनि ६ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लागि साईब्रान्ड एङ्गलब्रेख्त, फ्रेड क्लासन, टिम भान डेर गुन्टेन, शरिज अहमद र माईकल लिभेन्टले समान २/२ विकेट लिए ।

लिग चरणमा नेपालले नामिबियासँग २० र नेदरल्यान्ड्सँग दुई रनको पराजय ब्यहोरेको थियो । पछिल्ला दुई खेलमा नेपालले नामिबियामा तीन रन तथा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो ।

नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा ५९ रनले हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो पाँच मध्य तीन खेलमा नेपालले जित हासिल गरेको छ ।

नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । लिग चरणको अन्तिम खेलमा शनिबार नेदरल्यन्ड्सविरुद्धकै टोली उतारेको छ ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]