टिपिएल ३: शंकर रानाले अर्धशतक बनाएपछि ज्ञानोदय गोल्ड्स फाइनलमा

६ कार्तिक, बुटवल । ज्ञानोदय गोल्ड्स रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि तिलोत्तमा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । उसले सेमिफाइनलमा पाल्पाली लिजेन्ड्सलाई ९ रनले पराजित गर्यो ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७ विकेटको क्षतीमा १४५ रन बनाएको थियो । उसका शंकर रानाले ६२ रन र सिद्धान्तराज शाहीले ३६ रन बनाए ।

१४६ रनको लक्ष्य लिएर उत्रेको पाल्पाली लिजेन्ड्स १९।४ ओभरमा १३६ रनमा समेटिएपछि ज्ञानोदयले फाईनलको यात्रा तय गरेको हो । पाल्पाली लिजेन्ड्सलाई सस्तैमा रोक्न ज्ञानोदयका दिवान पुनले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिए । त्यस्तै जितेन्द्र शहानी र सिद्धान्तराज शाहीले समान २/२ विकेट लिँदा प्रतिश जिसी र कमल ओलीले समान १/१ विकेट लिए ।

ज्ञानोदय गोल्ड्सका सिद्धान्तराज शाही भ्यालुएवल प्लेयर तथा ज्ञानोदयकै शंकर राना प्लेयर अफ द म्याच चुनिए । ज्ञानोदयले भोलि हुने फाइनलमा बुटवल युनाइटेड र मणिग्राम किंग्सको बिजेतासंग खेल्नेछ । अहिले दुवै टिम दोश्रो सेमिफाइनलमा भिडिरहेका छन् ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]