टि-२० विश्वकप २०२२ सम्म सर्ने सम्भावना, आईपीएल आयोजना सहज

अस्ट्रेलियामा यो वर्ष अक्टोबर-नोभेम्बरमा निर्धारित टि-२० विश्वकप कोरोना महामारीको कारण सर्ने निश्चित जसो मानिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले सन् २०२२ सम्म प्रतियोगिता सार्ने निश्चित भएको छ। आईसीसीको २८ मे बिहिबार हुने बोर्ड सदस्यहरुको बैठकले टि-२० विश्वकपको भविष्यबारे औपचारिक घोषणा गर्नेछ।

भारतमा सन् २०२१ मा टि-२० विश्वकप आयोजना हुने तय भैसकेको हुनाले एकै वर्ष दुइ वटा विश्वकप राख्न युक्तिसंगत नदेखिएको हो। ब्रोडकाष्टर स्टार स्पोर्ट्सको लागि पनि यो चिन्ताको विषय हो।

२०२१ मा भारतमा टि-२० विश्वकप 

सुत्रका अनुसार भारतमा अक्टोबरमा आइपिएल आयोजना भएको खण्डमा ६ महिनामा २ वटा आइपिएल तथा २०२१ मा फेरी २ वटा विश्वकप गर्नु अनुचित निर्णय हो। अर्कोतर्फ बिज्ञापन बजार पनि अहिले मारमा रहेकोले अझ मुस्किल हुनेछ। यसै कारणले यो वर्ष अस्ट्रेलियामा तय भएको टि-२० विश्वकप २०२२ मा गरिने भएको छ।

भारतमा सन् २०२१ मा टि-२० विश्वकप आयोजना हुनेछ। त्यसपछि अर्को वर्ष अस्ट्रेलियाले २०२२ मा अर्को टि-२० विश्वकप आयोजना गर्नेछ। त्यसपछि सन् २०२३ मा ५० ओभरको विश्वकप भारतमा खेलिनेछ। यो योजनालाई भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) अध्यक्ष सौरभ गांगुलीले पनि समर्थन गर्ने बताईएको छ।

आईपीएल यसै वर्ष हुने सम्भावना प्रवल 

टि-२० विश्वकप अस्ट्रेलियामा यो वर्ष आयोजना नहुने भएपछि इन्डियन प्रिमियर लिग ( आईपीएल ) आयोजना हुने सम्भावना प्रबल बनेको छ।

यदी कोरोना भाइरस नियन्त्रणमा आए अक्टोबरमा आयोजना गर्न सकिनेछ। यस बारे औपचारिक घोषणा जुलाईमा हुन सक्नेछ। आयोजना बारे निर्णय पूर्णत भाइरसको स्थितिमा निर्भर गर्नेछ।

( आजतकको सहयोगमा )

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]