टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा

२०८१ श्रावण २०, आईतवार ०६:५५

काठमाडौं । भक्तवीर सिंह तुलाधर फाउन्डेशन इन्डोर टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

कटिया हाउस प्रालि कालिकास्थान काठमाडौंको आयोजनामा साउन २२ गतेदेखि हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको हो ।

प्रतियोगिताको विजेताले १ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेताले ८० हजार प्राप्त गर्ने छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाउँदा उत्कृष्ट ब्याटर र बलरले ५ हजार पाउँदा प्लेयरअफ दी म्याचले १ हजार पाउने छ ।

प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् । समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, ब्याकवार्ड ब्रु, मिक्स माण्डु लेजेन्ड्स, द आर्टिस्ट ११ र स्याभेज रोयल रहेका छन् ।

समूह ‘बी’मा कटिया हाउस, मिक्समाण्डु, गेटसेट गेम रोहिमा र काठमाडौं रोयल्स रहेका छन् ।

त्यसैगरी समूह ‘सी’मा ब्याकवार्ड ब्लु ब्रु, स्पार्टन्स, हिमालयन क्रिकेट एकेडेमी र जागो ११ रहेका छन् ।

त्यस्तै, समूह ‘डी’मा महालक्ष्मी विकास बैंक, बाग्लुङ क्रिकेट क्लब, मेन्टेन एफसी र गेट सेट गेम रहेका छन् ।

चार समूहबाट शीर्ष २ टिमले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताका सबै खेलहरु भेलोसिटी इन्डोर क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy