टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा

काठमाडौं । भक्तवीर सिंह तुलाधर फाउन्डेशन इन्डोर टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

कटिया हाउस प्रालि कालिकास्थान काठमाडौंको आयोजनामा साउन २२ गतेदेखि हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको हो ।

प्रतियोगिताको विजेताले १ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेताले ८० हजार प्राप्त गर्ने छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाउँदा उत्कृष्ट ब्याटर र बलरले ५ हजार पाउँदा प्लेयरअफ दी म्याचले १ हजार पाउने छ ।

प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् । समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, ब्याकवार्ड ब्रु, मिक्स माण्डु लेजेन्ड्स, द आर्टिस्ट ११ र स्याभेज रोयल रहेका छन् ।

समूह ‘बी’मा कटिया हाउस, मिक्समाण्डु, गेटसेट गेम रोहिमा र काठमाडौं रोयल्स रहेका छन् ।

त्यसैगरी समूह ‘सी’मा ब्याकवार्ड ब्लु ब्रु, स्पार्टन्स, हिमालयन क्रिकेट एकेडेमी र जागो ११ रहेका छन् ।

त्यस्तै, समूह ‘डी’मा महालक्ष्मी विकास बैंक, बाग्लुङ क्रिकेट क्लब, मेन्टेन एफसी र गेट सेट गेम रहेका छन् ।

चार समूहबाट शीर्ष २ टिमले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताका सबै खेलहरु भेलोसिटी इन्डोर क्रिकेट मैदानमा हुनेछ ।





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]