ट्वीटरमा सन्दिपले दिए फ्यानको रोचक प्रश्नहरुको जवाफ

आफ्नो खेल जीवनमा निकै व्यस्त नेपाली लेग स्पिनर सन्दिप लामिछाने यतिबेला फुर्सदमा छन्। फुर्सदको समयलाई सन्दिप आफ्नो फ्यानहरुसंग नजिक हुने तथा क्रिकेट पछिको प्रिय आफ्नो गायन सोखलाई पनि पुरा गरिरहेका छन्। पछिल्लो समय लक-डाउनको अवसरलाई सदुपयोग गर्न आफ्नो सामाजिक संजालमा फ्यानहरुसंग प्रत्यक्ष अन्तर्क्रिया गरेका सन्दिपले बिहिबार ट्वीटर मार्फत फ्यानहरुको जिज्ञासाको समाधान गरे।

प्रस्तुत छ सन्दिपले ट्वीटर फ्यानहरुले सोधेको प्रश्न र दिएको जवाफ –

  • तपाईको सबैभन्दा मन पर्ने क्रिकेटर ? 

धेरै मन पर्ने क्रिकेटरहरु छन् तर उत्कृस्टको कुरा गर्दा म सचिन तेन्दुलकर र शेन वार्नको नाम लिन्छु।

  • माइकल क्लार्क, पुबुदु दासानायके, राजु खड्का र पारस खड्का मध्ये एकजना छान्नुस 

हाहा , एउटा मात्र चुन्न गार्हो छ। बा र आमा मा एक जना रोजेको जस्तै हो। सबैलाई मेरो हृदय देखि निकै ठुलो सम्मान छ।

  • बिगतको एउटा ब्याट्सम्यान जसलाई तपाई बलिंग गर्न चाहनुहुन्छ ? 

कुनै सन्देह बिना सचिन तेन्दुलकर , उनलाई फिल्डमा देख्नु निकै सन्तुष्टिको कुरा हो।

  • पावरप्ले र पिच आजकल क्रिकेटमा ब्याट्सम्यान सहज बनाइन्छन्। यो अवस्थामा पनि तपाईको सफलताको मन्त्र के हो ? विविधता ? कसिलो लाइन र लेन्थ ? या ? 

मलाई लाग्छ म सबै कुरा समेट्छु। तर एउटा कुरा म थप्न चाहन्छु कि तपाईले आफ्नो लाइन र लेन्थमा समायोजन परिस्थिति अनुसार तुलनात्मक रिस्क लिएर गर्नसक्नुहुन्छ।

  • तपाईले धेरै फ़्रेन्चाइज्को लागि खेलीसक्नु भएको छ, यी मध्ये सबैभन्दा मनपर्ने कुन हो ? 

सबै लिगले मलाई आफुलाई प्रमाणित गर्ने मौका दिएको छ। सबै मेरो प्रिय छन्।

  • तपाईले कहिले स्लेज गर्नु भएको छ ? यदी छ भने के भन्नु भएको थियो ? 

हाहाहा ! छ, क्रिकेट यात्राको सुरुवातमा स्लेज गर्ने गर्थे। त्यो त्यति खराब थिएन। म मात्र ब्याट्सम्यानको ध्यान भंग गर्न चाहन्थे। तर अहिले स्लेजिंग गर्दिन।

  • रिकी पोंटिंग र माइकल क्लार्कले धेरै तारिफ गर्दा कस्तो महसुस हुन्छ ? 

सबैलाई थाहा छ क्लार्क र पोंटिंग दुवै खेलको महान खेलाडीहरु हुन्। दुवैले आफ्नो तारिफ गर्दा निकै दवाब महसुस हुन्छ।

  • नेपाली क्रिकेटको ड्रेसिंग रुममा सबैभन्दा लजालु खेलाडी को छ ? 

कुशल मल्ल

  • तपाई बच्चा हुँदा कुन बलरको नक्कल गर्नु हुन्थ्यो ? 

हाहा , म अनिल कुम्बलेको नक्कल गर्थे। वहाँ गजबको व्यक्तित्व र क्रिकेटिंग दिमाग भएका व्यक्ति हुनुहुन्छ।

  • पुबुदु दासानायके र पारस खड्का लाई एक शब्दमा बयान गर्न सक्नुहुन्छ ? 

पुबुदु : जिनियस
पारस :  लेजेन्ड। हामी सबैलाई थाहा छ वहाँको नेपाली क्रिकेट प्रति योगदान। कसैलाई पनि वहाँको जस्तो जीवनमा प्राप्ति गर्न मुस्किल छ। धेरै सम्मान।

  • तपाईको कन्सर्ट कहिले हेर्न पाइन्छ ? 

छिटै हेर्न पाइन्छ

  • विश्वकै नम्बर एक टि-२० ब्याट्सम्यान बाबर आजमको विकेट लिंदा कस्तो महसुस भएको थियो ? 

निकै गजब ! उनि अद्भुत क्रिकेटर हुन् र पाकिस्तानको शान हुन्।

  • नेपाली क्रिकेट बंगलादेश र अफगानीस्तानको स्तरमा पुग्न के हुनुपर्छ। एक समय नेपाली क्रिकेट अफगानीस्तानको क्रिकेटको स्तरको थियो। 

हामीलाई म्याच एक्सपोजरको खाँचो छ। लयमा रहन तपाईलाई घरेलु क्रिकेटमा र अन्तर्राष्ट्रिय स्तरमा समेत म्याच एक्सपोजरको आवस्यकता पर्छ।

  • क्यानडा बिरुद्ध विन्ढोकको अन्तिम विकेटको साझेदारीलाई बयान गर्नुस् 

करन केसीले कथा पूर्णत परिवर्तन गरिदिएका थिए। क्यानडा बिरुद्ध त्यो खेल सम्झिदा सधै मेरो रौँ ठाडो हुने गर्छ।

  • तपाईको प्रिय भारतीय क्रिकेट मैदान ? 

हिमान्चलको धर्मशाला क्रिकेट मैदान

  • एक शब्दमा रोहित शर्मा ? 

कलात्मक खेलाडी। उनको रेकर्डहरु अचम्मित पार्ने छन् र भारतको उत्कृस्ट ओपनर मध्येका हुन्।

  • तपाईको प्रिय फर्म्याट कुन हो ? 

टेस्ट

  • क्रिकेट मैदानमा कुन कुराले तपाईलाई सधै प्रेरित गर्छ ? 

जीवनमा तपाईले प्राप्त गरेको कुरा देखि कहिले सन्तुस्ट नहुनु। सधै हिजो भन्दा राम्रो गर्नु।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]