धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा आजबाट धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रथम कैलाली-डोटि मैत्रीपूर्ण दुई दिवसीय क्रिकेट सिरिजको उदघाटन कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीको प्रमुख आतिथ्यतामा भएको हो।
पहिलो दिनको खेलमा कैलाली जिल्लाले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप,कैलाली जिल्लाले ४८.३ ओभर खेल्दै ९ विकेटको क्षतीमा २२१ रन बनाउदै आफ्नो पारी समाप्तीको घोषणा गरेको गरेको थियो ।
ब्याटिङतर्फ कैलाली जिल्लाका लागि वसन्त कार्कीले ११९ बलमा सर्वाधिक १२३ अविजित रनको शतकिय पारी खेल्न सफल हुँदा सुदिप साउँदले २६ बलमा २६ रन बनाउनुबाहेक अन्य ब्याटरहरुले उल्लेख्य प्रदर्शन गर्न नसक्दा टोलिले ठूलो स्कोर बनाउन सकेन ।
बलिङतर्फ डोटी जिल्लाका लागि सौर्य श्रेष्ठले १० ओभरमा ३ मेडेनसहित मात्र १६ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा कप्तान भोजराज भट्टले पनि १० ओभरमा २ मेडेनसहित ४२ रन खर्चंदै महत्त्वपूर्ण ३ विकेट लिन सफल हुँदै कैलाली जस्तो बलियो टोलिलाइ कम स्कोरमा रोक्न पुगेको थियो ।
आजै आफ्नो पहिलो इनिङको ब्याटिङ सुरु गरेको डोटी जिल्ला २२१ रन पछ्याउन मैदान उत्रेको हो।फलस्वरूप,डोटी जिल्लाले ३४।२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षती मात्र १२२ रन बनाउन सक्दा कैलाली टोलि ९९ रनले अगाडि रहनपुग्यो।
ब्याटिङतर्फ डोटी जिल्लाका लागि हिर्दय जङ्ग विठारीले ४७ बलमा सर्वाधिक ३३ रन बनाउन सफल हुँदा आयुश खड्काले ४० बलमा २४ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा आफ्नो टोलि सस्तैमा समिटिन पुगेको कप्तान भोजराज भट्टले बताए।
बलिङतर्फ कैलाली जिल्लाका लागि लोकेश केसीले २।२ ओभरमा १ मेडेनसहित २ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा नरेन साउँदले पनि १० ओभरमा २ मेडेनसहित २६ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ बलियो अग्रता दिलाउन पुगेका छन।
समय सकिएपश्चात आजको दिनको खेल सकिएपछि अब भोलि दोश्रो दिनको खेलबाट कैलाली जिल्लाले आफ्नो दोश्रो इनिङ सुरु गर्ने कैलाली जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विनोद लामाले बताए।
सिरिजको उदघाटन समारोहको सभापतित्व कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्ट रहँदा प्रमुख अतिथिमा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री रहनुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा प्रादेशिक क्रिकेट संघ सुदुरपश्चिम प्रदेशका कोषाध्यक्ष दिनेशबहादुर सिंह,सोही संघका सदस्य रमेशबहादुर चन्द तथा डोटी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष डिलबहादुर ऐर रहनुभएको कार्यक्रम सञ्चालक तथा कैलाली जिल्ला क्रिकेट संघका सचिव देवनारायण झा ज्यूले बताउनुभयो।