दुखद खबर : इंग्ल्यान्ड जान लागेका तिन पाकिस्तानी क्रिकेटर कोरोना संक्रमण

२०७७ असार ९, मंगलवार ०७:०७

अगस्ट र सेप्टेम्बरमा टेस्ट र टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न इंग्ल्यान्ड भ्रमण जान लागेको पाकिस्तान क्रिकेट टिमलाई ठुलो झट्का लागेको छ। टुर अघि दुखद खबर आएको हो।

पाकिस्तान टिमका स्टार स्पिनर शादाब खान ( २१ ) समेत अन्य दुइ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। भ्रमणको लागि चुनिएका युवा ब्याट्सम्यान हैदर अलि ( १९ ) , हसिर रौफको ( २६ ) पनि रिपोर्ट पोजेटिभ आएको हो।

पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी पनि कोरोना पोजेटिभ देखिएपछि उपचाररत रहेका छन् जसको अवस्था अहिले सुधारोन्मुख रहेको छ। अर्का पुर्व क्रिकेटर तौफिक उमर भने कोरोना संक्रमित भएर पनि निको भैसकेका छन्। एक प्रथम श्रेणी क्रिकेटर जाफर सरफराजको भने कोरोनाको कारण अप्रिलमा निधन भएको थियो।

शदाब खान, हरिश रौफ र हैदर अलि

रिपोर्टका अनुसार तिन जना खेलाडीमा टेस्ट गर्नु अघि कुनै पनि लक्षणहरु देखिएको थिएन। आइतबार इंग्ल्यान्ड प्रस्थान गर्नु अघि उनिहरुले रावलपिंडीमा टेस्ट गराएका थिए।

कोरोना संक्रमित पाइएपछि तिनै जना खेलाडीलाई टिमबाट बाहिर राखिनेछ।

पाकिस्तान क्रिकेट बोर्डले बिज्ञप्ति जारि गर्दै तिन जना क्रिकेटरलाई तुरुन्त सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको बताएको छ। रावलपिंडीमा अन्य दुइ क्रिकेटर इमाद वासिम र उस्मान शिनवारिको पनि टेस्ट गरिएको थियो जसको भने रिपोर्ट नेगेटिभ आएको छ। दुवै जना अब जुन २४ मा लाहोर पुग्नेछन् र जुन २८ तारिकमा अन्य खेलाडीसंग इंग्ल्यान्डको म्यानचेस्टर प्रस्थान गर्नेछन्।

टिमका अन्य खेलाडी शोयब मालिक, प्रशिक्षक वकार युनिस र सपोर्ट स्टाफको पनि कोरोना टेस्ट गरिएको छ जसको नतिजा मंगलबार आउनेछ। अन्य सबै खेलाडीको पनि रोपोर्ट मंगलबारनै आउनेछ।

इंग्ल्यान्ड जानु अघि पाकिस्तान टिमका खेलाडीहरुले संगै अभ्यास नगरेको हुँदा अन्य पाकिस्तानी खेलाडीहरु भने संक्रमित हुने डर रहेको छैन। अगस्टमा सिरिज खेल्न ५ हफ्ता अघिनै इंग्ल्यान्ड जान लागेको पाकिस्तान टिमलाई चिन्ता भने थपिएको छ।

इंग्ल्यान्डमा पाकिस्तानी टिम पुगीसकेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नेछन्। त्यहाँ पुगीसकेपछि पनि खेलाडीहरुले अन्य कोहिसंग पनि सम्पर्क गर्नेछैनन्।

पुर्व कप्तान शाहिद अफ्रिदी पनि कोरोना संक्रमित भएका छन्

इंग्ल्यान्ड भ्रमणमा तिन टेस्ट र तिन वटै टि-२० अन्तर्राष्ट्रिय खेल्न पाकिस्तानले २९ सदस्यीय जम्बो टिमको घोषणा गरेको थियो।

अब संक्रमित तिन जना खेलाडीको स्थान अतिरिक्त खेलाडीको रुपमा घोषित बिलाल आसिफ, इमरान बट, मुसा खान र मोहम्मद नवाज मध्ये तिनले लिनेछन्।

इंग्ल्याण्ड भ्रमणमा हाल वेस्टइन्डिज टिम रहेको छ जसले ८ जुलाई बाट तिन टेस्टको सिरिज खेल्दैछन्। वेस्टइन्डिज टिम हाल ओल्ड ट्रयाफोर्डमा क्वारेन्टाइनमा रहेको छ।

कोरोनाकै कारण मार्च १७ मा पाकिस्तान सुपर लिगको खेलहरु रद्द भए पछि पाकिस्तानले प्रतिस्पर्धात्मक क्रिकेट खेलेको छैन।

पाकिस्तान बोर्डले खेलाडीहरुले इंग्ल्यान्डमा अभ्यासको दौरान आफ्नै टिमको खेलाडी बीच अभ्यास खेल पनि खेल्ने बताएको छ। इंग्ल्यान्डको घरेलु क्रिकेट सुरु नभएको हुनाले स्थानीय खेलाडी अभ्यासको लागि उपलब्ध नहुने भएपछि आफु आफु बीच अभ्यास खेलिने बोर्डले बताएको छ।

यस्तो छ पाकिस्तानको इंग्ल्यान्ड भ्रमण गर्न घोषित २९ सदस्यीय टिम :-

अजहर अली (कप्तान), बाबर आजम (टेस्ट उपकप्तान, टी-२० कप्तान), फवाद आलम, हैदर अली, इफ्तिकार अहमद, खुशदिल शाह, मोहम्मद हफीज, शोएब मलिक, आबिद अली, फखर जमान, इमाम उल हक, शान मसूद, मोहम्मद रिजवान,

सरफराज अहमद, फहीम अशरफ, हैरिस रऊफ, इमरान खान, मोहम्मद अब्बास, मोहम्मद हसनैन, शाहीन अफरीदी, सोहेल खान, उस्मान खान शिनवारी, वहाब रियाज, इमाद वसीम, काशिफ भट्टी, शादाब खान, यासिर शाह।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy