दोस्रो क्वालिफायरमा स्थान बनाउँन राजस्थानलाई १७३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउँन राजस्थान रोयल्सले १ सय ७३ रनको लक्ष्य पाएको छ ।

अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा जारी इलिमिनेटर खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

बेंगलुरुका लागि रजत पाटीदारले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । ओपनर विराट कोहलीले २४ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३३ रन बनाए । क्यामरुन ग्रिनले २१ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । महिपाल लुमरोरले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए । सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले समान १/१ विकेट लिए ।

यस खेलको विजेताले शुक्रबार हुने दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादको सामना गर्नेछ । हैदराबाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइटर्ससँग पराजित भएको थियो । कोलकाताले भने आइतबार हुने फाइनल खेलका लागि स्थान पक्का गरिसकेको छ ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]