नामिबियाविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

काठमाडौं । मंगलबारबाट सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित टी-ट्वान्टी आईको पहिलो खेलमा नेपाल र नामिबिया खेल्दै छन् । नेपाल र नामिबियाबीच ओडिआई तथा लिस्ट ए मान्यताप्राप्त खेलमा पटक पटक भेट भए पनि टी-ट्वान्टी आई मान्यताप्राप्त खेलमा पहिलो पटक खेल्दैछन् ।

नेपाल र नामिबियाबीच पहिलो टी-ट्वान्टी खेललाई जितका साथ नेपाल ऐतिहासिक बनाउँन चाहन्छ । सिरिजको पहिलो खेल भएकाले पनि नेपाल विजयी सुरुआत गर्न चाहन्छ । यसका लागि नेपाल आफ्नो बलियो प्लेईङ-११ मैदान उतार्ने छ । मंगलबारको पहिलो खेलमा नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको रहने सम्भावना छ :

नेपालको ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले निरन्तरता पाउने सम्भावना छ । तेस्रो नम्बरमा अनिल शाहले मौका पाउने सम्भावना छ । यस खेलमा शाहले मौका पाएमा २०१८ पछि पहिलो पटक टोलीमा स्थान बनाउँने छन् ।

चौथो स्थानमा दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ । नेपालका लागि टी-ट्वान्टी आई मा १ हजार रन तथा २५ विकेट पूरा गर्ने ब्याटर ऐरीको चौथो स्थानको सम्भावना बढी छ । पाँचौ नम्बरमा कप्तान रोहितकुमार पौडेलले मौका पाउने सम्भावना छ । छैटौं स्थानमा ब्याटर सन्दीप जोराले मौका पाउने सम्भावना छ । नेपाल ए टिमले उनकै कप्तानीमा पहिलो पटक जित हात पारेको थियो । सातौं नम्बरमा अलराउन्डर कुशल मल्लले स्थान बनाउँने सम्भावना छ । लामो सटका लागि चिनिएका मल्लले केही ओभर स्पिन बलिङ समेत गर्नेछन् ।

आठौं नम्बरमा तिव्र गतिका बलर करण केसीले मौका पाउने सम्भावना छ । पछिल्लो क्रमको ब्याटिङमा समेत केसीले योगदान दिनेछन् । नवौं नम्बरमा तिव्र गतिका बलर सोमपाल कामीले मौका पाउने सम्भावना छ । तल्लो क्रममा रहेर राम्रो ब्याटिङको समेत क्षमता राख्ने कामीले फास्ट बलिङमा टोलीको नेतृत्व गर्ने छन् ।

दशौं नम्बरमा नेपालका योर्कर किंगका रुपमा चिनिने अभिनाश बोहोराले मौका पाउने सम्भावना छ । अन्तिम एघारौं नम्बरमा स्पिन बलर ललितनारायण राजवंशीले मौका पाउने सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप जोरा, कुशल मल्ल, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललितनारायण राजवंशी





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]