निकोलको कीर्तिमानी शतकमा नेपाललाई २ सय ७ रनको लक्ष्य

काठमाडौं । जेन निकोलको कीर्तिमानी शतकको सहयोगमा नामिबियाले नेपाललाई जितका लागि २ सय ७ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

नामिबियाका लागि जेन निकोलले ३६ बलमा ११ चौका र ८ छक्काको सहयोगमा १ सय १ रनको शतकीय ईनिङ खेले । टी-ट्वान्टी आई करियरको पहिलो शतक ३३ बलमा पूरा गरे । उनले मंगोलियाविरुद्ध नेपालका कुशल मल्लले ३४ बलमा शतक पूरा गरेका थिए । कीर्तिमानी शतक बनाएका निकोल अभिनाश बोहोराको बलमा आउट भए ।

मलान क्रुगरले ४८ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । यसै खेलमा डेब्यु गरेका उनले ४४ बलमा अर्धशतक पूरा गरे । चौथो विकेटका लागि निकोल र क्रुगरले ५२ बलमा १ सय ३५ रनको साझेदारी गरे ।पहिलो विकेटका रुपमा माईकल भान लिङ्गेन करण केसीको बलमा गुलसन झाद्वारा क्याच भए । केसीको ८० औं विकेट छैटौं ओभरको अन्तिम बलमा पूरा भएको थियो ।

दोस्रो विकेटका रुपमा जेपी कोट्जे नेपाली कप्तान रोहितकुमार पौडेलको बलमा आउट भए । ९ बलमा ११ रन बनाउँदै कोट्जे विवेक यादवद्वारा क्याच आउट भए । नामिबियाको तेस्रो विकेट नेपाली कप्तान पौडेलको नाममा रह्यो । तेस्रो विकेटका रुपमा जेन फ्रायलिंक ५ रन बनाउँदै बोल्ड आउट भए ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ तथा अभिनाश बोहोरा र करण केसीले समान १ विकेट लिए ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]