नेपालद्वारा नेदरल्यान्ड्सलाई १०७ रनको लक्ष्य

२०८१ जेष्ठ २२, मंगलवार २३:२५

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलब २ ओभरमा अल आउट हुदै १ सय ६ रन मात्र बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७ बलमा ५ चौकाको सहयोगमा ३५ रन बनाए । करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए । गुलसन झाले १५ बलमा १४ तथा अनिल शाहले १२ बलमा ११ रन बनाए ।

नेदरल्यान्ड्सका लागि टिम प्रिगंल र लगेन भान बिकले समान तीन तीन तथा पल भान मिकरेन र बास डि लिडेले समान दुई दुई विकेट लिए ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy