नेपालमाथि पाकिस्तानको सहज जित

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपको दोस्रो खेलमा नेपालमाथि पाकिस्तानले सहज जित निकालेको छ ।

श्रीलंकाको डम्बुलामा भएको खेलमा पाकिस्तानले नेपालमाथि नौ विकेटको जित हात पारेको हो ।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पाकिस्तानले ११ दशमलब ५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा ५७ तथा मुनिबा अलिले ३४ बलमा अविजित ४६ रन बनाईन् ।

नेपालका लागि कविता जोशीले एक विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो ।

नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ३१ रन बनाईन् ।

जोशीले एसिया कपको ईतिहासमा नेपालको लागि पहिलो छक्का समेत प्रहार गरिन् ।

ओपनर सिता राना मगरले ३० बलमा २६ तथा पुजा महतोले ३२ बलमा २५ रन बनाईन् । कविता कुवँरले १३ बलमा १३ रन बनाईन् ।

पाकिस्तानका लागि सदिय इकवालले दुई तथा फतिमा सानाले एक विकेट लिईन् ।

जितसँगै पाकिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । यता, पराजय ब्यहोरे पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने कायमै रहेको छ ।

समूह ए बाट लगातार दुई जितका साथ भारतले सेमिफाइनलमा स्थान बनाइसकेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]