नेपालले टस जित्यो

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को तेस्रो स्थानको लागि हुन लागेको खेलमा हङकङविरुद्ध नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले शुक्रबार युएईविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।

एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेट र दोस्रो सेमिफाइनलमा हङकङ घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएका थिए । त्यसैले तेस्रो स्थानको लागि यी दुई टिम प्रतिस्पर्धा गर्न लागेका हुन् । यस खेलको विजेता टिमले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउने छ ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसहित प्रिमियर कपका शीर्ष ३ टोलीले सहभागिता जनाउने छन् ।

प्रिमियर कपको समूह चरणमा दुवै टोली एकै समूहमा समावेश थिए । नेपाल समूहको विजेता र हङकङ उपविजेता रूपमा सेमिफाइनल पुगेका थिए । समूह चरणमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ–११

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

 

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy