नेपालले टस हार्यो, जोरा कप्तानमा निरन्तर

काठमाडौं । क्यानडा-११ विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस हारेको छ ।

अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेको हो । मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद वीन जाफरले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दै छ ।

कप्तानमा सन्दीप जोरा निरन्तर रहेका छन् । प्लेईङ-११ मा चार परिवर्तन भएको छ । तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । पहिलो खेलमा क्यानडा-११ विजयी हुँदा दोस्रो खेल नेपाल ए ले जितेको थियो । आजको खेलमा विजयी टिमले सिरिजमा जित हात पार्ने हुँदा दुवै टोलीका लागि यो खेल महत्वपुर्ण छ ।

दोस्रो एकदिवसीय खेलमा खेलेका किरण ठगुन्ना, मयन यादव, विवेक यादव, रिजन ढकाल बाहिरिएका छन् । प्रशित जिशी, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया टाेलीमा माैका पाएका छन् ।

नेपालको प्लेईङ-११

सन्दीप जोरा(कप्तान), अर्जुन कुमाल, प्रशित जिशी, आशुतोष घिरैया, हेमन्त धामी, राशिद खान, सागर ढकाल, साहब आलम, बसिर अहमद, सुजन थपलिया र शेर मल्ल ।





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]